site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हस्तकला व्यपार मेलामा एक करोडको व्यापार बढ्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको वर्षभन्दा यो वर्ष हस्तकला व्यापार मेलामा बढी आर्थिक बारोबार भएको छ । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले मेलामा गएको वर्षभन्दा एक करोड रुपैयाँ बढीको कारोबार भएको बताए । “गएको आर्थिक वर्ष सञ्चालन गरिएको मेलामा करिब १४ करोड रुपैयाँको कारोबार भएको थियो,” उनले भने “अहिले १५ औं हस्तकला व्यापार मेलामा १५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।” 

महासंघले १० करोड रुपैयाँको मात्रै व्यापार हुने अपेक्षा गरेको थियो । पछिल्लो समय समग्रमा हस्तकलाको व्यापार उकालो लागेकाले सोको प्रभाव मेलामा पनि पर्न गएको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको बुझाइमा अहिले नेपालीको खर्च गर्ने क्षमता बढेको छ । सथै स्वदेशी हस्तकलाका उत्पादनहरुमा नेपालीको विश्वास बढ्दै गएको छ । 
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि मंलबारसम्म सञ्चालन भएको उक्त मेलामा अपेक्षा गरिएभन्दा पनि बढी अवलोकनकर्ता आएको बताइएको छ । महासंघका अनुसार एक लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गरेका थिए ।

मेलामा १० वटा पेभिलियन, २ सय ओटा स्टल, मुलुकभित्रको २५ ओटा जिल्ला तथा मुलुकबाहिरका छिमेकी देशहरुको समेत सहभागिता थियो । 

Global Ime bank

काष्ठकला, धातुकला, सुनचाँदी, लगायत वस्तुहरुलाई प्रदर्शनीमा राखिएको मेलामा १३ औं हस्तकला प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । जसमा विभिन्न विधाका उत्कृष्ट प्रतियोगि तथा महासंघका पूर्व मेला संयोजकहरुलाई सम्मान गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC