site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तमसुक गरेर सरकार चलाउने दिन गए 
Sarbottam CementSarbottam Cement

चितवन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गर्दै तमसुक गरेर सरकार चलाउने दिन गएको बताएका छन् ।

कम्युनिष्ट गठबन्धनले चितवनमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“चुनावपछि वामपन्थीको सरकार बन्छ÷बन्छ, यसलाई कसैले रोक्न सक्दैन,” उनले भने, “तमसुक गरेर सरकार चलाउने समय अब गयो ।” 

उनले अब आफूहरुले स्थिर सरकार चलाउने बताए ।

Global Ime bank

निर्वाचन अघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र एक हुन नभ्याएको भन्दै उनले निर्वाचन लगत्तै पार्टी एकीकरण हुने बताए ।

“प्राविधिक कारणले निर्वाचनमा दुईवटा चिन्ह लिनु परेपनि सूर्य वा गोलाकारभित्रको हसिया हथौडा जहाँ भोट हालेपनि एकै ठाउँमा जाने हो,” उनले भने, “घ्यू कहाँ पोखियो भागमा ।” 

नेपाली कांग्रेसप्रति लक्षित गर्दै उनले भने, “लोकतन्त्रलाई पटकपटक दरबार बुझाउने र असफल बनाउनेले कसरी देश बनाउन सक्छन्, हामी लोकतन्त्रका लागि लडेर आएका छौं, हामी देश बनाउछौं ।” 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन क्षेत्र नं. ३ मा ३० हजार मतान्तरले विजयी गराउन आग्रह पनि गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC