ad

घटना क्रम

तपाईंको फोनमा पनि आउँछ यस्तो म्यासेज ?

काठमाडौं । आईफोनमा ह्वाट्सएप बन्द गर्दा होम बटनलाई दुई पटक थिचेर स्वाइप गरी बन्द गर्दा एउटा चेतावनी सन्देश आउँछ । चेतावनीमा भनिएको हुन्छ, “तपार्इं स्वाइप गरेर एप बन्द गर्नुहुन्छ भने म्यासेजको नोटिफिकेसनबाट वञ्चित हुन सक्नुहुनेछ ।”

यस्तो म्यासेज अहिले आईफोनको सबै सिरिजमा आउने बताइएको छ । एप्पललाई पनि उक्त समस्या थाहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ह्वाट्सएपले नयाँ भर्जनको एप पनि जारी गरेको छ । नयाँ एपले उक्त समस्या सामाधान हुने विश्वास गरिएको छ ।

यस्तो समस्या आईओएस ११ अपडेट भएपछि भएको बताइएको छ । यस समस्याको लागि आईओएस ११ मा एक बगलाई जिम्मेवार मानिएको छ ।

तपाईंको मत