site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इलाम । पूर्वी पर्यटकीय नगरी सूर्योदय नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियान शुरू गरिएको छ । 

फिक्कल बजार, कन्यामलगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयवासी एवं विदेशीसमेत सहभागी थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सरसफाइ अभियानकर्मीले जथाभावी छरिएको फोहर बटुलेर नजिकै रहेको डस्टबिन एवं बोरामा राखेका थिए । विदेशीले पनि ढलभित्र थुप्रिएको फोहर संकलन गरेका थिए । सहभागी विदेशी केइसिलले नेपालीहरू सहयोगी र मिलनसार भएको बताए ।  

जथाभावी सडक र घर निर्माण, बजारमा बन्द भएका ढल र नाला, फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित हुनाका साथै सानो बाटाका कारण सवारी आवागमनमा समस्यामा परेको पर्यटकीय नगरी सूर्योदयले दुई घण्टामै रूप फेर्यो । 

Global Ime bank

सूर्योदयलाई आधुनिक शहरका रूपमा विकास गर्न प्लास्टिकमुक्त अभियान शुरू गरिएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।  

बजारभित्र निर्माण गरिएको नालीमा जम्मा भएको फोहर स्काभेटर र टिपरको सहायताले संकलन गरी ल्याण्डफिल्ड साइटमा लगेर फाल्ने तयारी भइरहेको छ । नगरपालिकामा पर्ने कन्याम, अन्तु, फिक्कल बजार पर्यटकीयस्थल हुन् । सुन्दर, स्वच्छ र हराभराका साथ आधुनिक पर्यटकीय शहर बनाउन अभियान थालिएको नगरपालिकाले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC