site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

आठराई, तेह्रथुम । आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ । 

आव २०७४/७५ का लागि रु ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको छ । चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब रु १६ करोड ९३ लाख, सशर्त अनुदानतर्पm करिब रु १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आवमा प्राप्त करिब रु ५९ लाख ८७ हजार विनियोजन गरिएको गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बूले बताए ।
 
सशर्ततर्फको रु १४ करोड ४३ लाख तीन हजार प्राप्त अख्तियारीका आधारमा कार्यक्रम सञ्चालन हुने बताइएको छ । गाउँपालिकाले आगामी आवमा आन्तरिक राजश्व रु १० लाख संकलन गर्ने लक्ष्य लिएको छ । गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापनका कार्यक्रमलाई अघि बढाउने भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC