site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले कला साधनामा लागेकाहरूलाई प्रोत्साहन पु¥याउने उद्देश्यका साथ रु ५० हजार राशिको नवीन कलाश्री पुरस्कार शुक्रबार घोषणा गरेको छ । 

वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थको ७५ औंँ जन्मदिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङले कलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जनालाई प्रत्येक दुई वर्षमा पुरस्कृत गरिने जानकारी दिए । 
 
उक्त अवसरमा कलाकार कायस्थद्वारा सिर्जना गरिएका कलाको १२ औं एकल चित्रकला प्रदर्शनीको शिक्षाविद् जर्ज जोनले उद्घाटन गर्दै कलाका क्षेत्रमा निरन्तर समर्पित कायस्थको कलाप्रतिको लगाव सबैका लागि अनुकरणीय भएको बताए । 
 
कार्यक्रममा सिर्जनशील कलाकार समूहका अध्यक्ष विश्वराज पराजुली, प्रा डा विश्व श्रेष्ठ, प्रतिष्ठानका सचिव कमल अथक, सहसचिव ज्योति गुरुङ, सदस्य विनोद सुवेदीलगायतले पुरस्कारको स्थापनाले कलाकारहरु थप प्रेरित हुने विश्वास व्यक्त गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement