site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
नेयमारको यो तस्बिर बन्यो भाइरल
Sarbottam CementSarbottam Cement

एजेन्सी ।  ब्राजिलियन फरवार्ड नेयमारले एक म्यागजिनको लागि अर्धनग्न फोटो सुट गराएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी )का फरवार्ड नेयमारले ‘म्यान अबाउट टाउन’ नामक बेलायती म्यागजिनको लागि यस्तो तस्बिर खिचाएका हुन् । 

पुरुषहरुको लागि निस्कने उक्त म्यागजिनको कभरमा नेयमारले आकर्षक पोजहरु दिएका छन् । म्यागजिनमा नेयमारले निकै कम मात्रामा कपडा लगाएका छन् । डा बिट्सको हेडफोनसहित खिचाएका नेयमारको फोटो हाल निकै भाइरल बन्दै गएको छ । 
फेसन फोटोग्राफर मारियो टेस्टीनोले नेयमारलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरेका छन्  ।

Prabhu Bank
Agni Group
NIC Asia

म्यागजिनबाट कभर फोटो सार्वजनिक भएपछि नेयमारको तुलना रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी डेभिड बेकह्यामसँग तुलना गर्न थालिएको छ । 

पछिल्लो समय रोनाल्डो विश्व बजारको फेसनमा निकै छाउदँै आएका छन् । म्यागजिनको कभर फोटो र आफ्नो फेसनको कारण रोनाल्डो मैदानमा मात्र नभएर विश्व फेसनमा समेत चर्चित रहँदै आएका छन् । 
यस्तै इंग्ल्यान्डका पुर्व फुटबलर बेकह्याम फेसनमा चर्चित छन् ।
नेयमार फेसनमा मात्र नभई पछिल्लो समय मैदानमा समेत चर्चित छन् । यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी गएका नेयमारले पिएसजीबाट यो सिजन १२ खेल खेल्दै ११ गोल गरिसकेका छन् । नेयमार कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्डमा पिएसजी गएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  ०१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC