खेल

हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप पुषमा

काठमाडौं । हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप पुषमा हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्डकपको बारेमा जानकारी दिएको हो ।

गोल्डकप पुष ८ गतेदेखि १५ गतेसम्म हेटौडा उपमहानगरपालिकामा आयोजना हुनेछ । प्रतियोगितामा आयोजक, ए डिभिजन क्लब, विभागीय टिम र अन्तर्राष्ट्रिय क्लब गरी ८ टिमले सहभागिता जनाउने छन् । गोल्डकपमा विभागीय टिममा साविक विजेता आर्मी, नेपाल पुलिस र एपीएफले भाग लिनेछन् । त्यस्तै ३ वटा ए डिभिजन क्लबले भाग लिनेछन् । आयोजक र एक अन्तर्राष्ट्रिय टिम रहने छन् ।

आयोजकले अन्तर्राष्ट्रिय क्लबमा भारत र भुटानको क्लब मध्ये एक उत्कृष्ट टिम ल्याउने बताएको छ ।

हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप यो तेस्रो संस्करण हो । गोल्डकपको विजेताले ५ लाख नगदसहित ट्रफि र मेडल हात पार्नेछ । त्यस्तै, उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ । सर्वोकृष्ट खेलाडी हुनेले २५ हजार पाउने छन् भने अनुशासित टिमले १० हजार नगद पाउने आयोजकले बताएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्यान घोषित हुने खेलाडीले ५ हजार नगद पाउने छन् ।

यो बर्षदेखि सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले अन्तरस्कुल मैत्रीपूर्ण फुटबल खेल ‘साइन द फ्युचर’ नामक जागरुक अभियान थाल्ने भएको छ ।

तपाईंको मत