देश
काठमाडौं । पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी भएको छ । नियन्त्रणकालागि काठमाडौं र भक्तपुर बारुण यन्त्रका दमकल सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेका छन् ।
“करिब डेढ घण्टाअघि सलिएको आगो नियन्त्रणको प्रयास भैरहेको छ,” जुद्ध वारुण यन्त्रका प्रमुख बद्रीमान नगरकोटीले भने, “आगलागी नियन्त्रण बाहिर छ ।”
प्लास्टिक कारखाना भित्र मानिस थिए कि थिएनन्, यकिन नभएको उनले बताए ।
तस्बिर, पत्रकार कुलचन्द्र फुम्बोको फेसबुकबाट
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४ १९:३०
प्रतिक्रिया दिनुहोस्