site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो चरणको बहुक्षेत्रीय पोषण योजनाका लागि ५ सय मिलियन अर्थात् ५० करोड अमेरिकी डलर न्यूनतम लागत रहने भएको छ । पोषण अभिवृद्धि कार्यक्रमलाई सक्रिय ढंगले अघि बढाई मुलुककै आर्थिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले लगानी बढाउन लागिएको हो । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले उक्त दोस्रो चरणको पोषण योजनाको अवधि सन् २०१८ देखि २०२२ सम्म रहने जनाए । “सो बहुक्षेत्रीय पोषण योजना नेपालका सबै जिल्लाहरुमा विस्तार गर्ने योजना रहेको छ,” उनले भने, “हाल बहुक्षेत्रीय पोषण योजना २८ जिल्लाहरुमा मात्र लागू भइरहेको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

योजनामा सातवटा स्वास्थ्य, शिक्षा, कृषि विकास, पशुपन्छी लगायतका विषयगत मन्त्रालयहरु संलग्न रहेका छन् । साथै बाह्य विकास साझेदार, दातृनिकाय, नागरिक समाज, प्राज्ञिक क्षेत्र तथा सञ्चारमाध्यमसँग समन्वय तथा सहजीकरण गरी पोषण योजना सञ्चालनमा रहेको अयोगको भनाइ छ ।

आयोगका अनुसार गएको आर्थिक वर्ष ०७३–७४ मा ११ करोड २ लाख डलर वित्तीय लगानी गरिएकोमा चालु आर्थिक वर्षमा सोलाई वृद्धि गरी १३ करोड ३४ लाख यूएस  डलर पुगेको जनाइएको छ ।

Global Ime bank

उपाध्यक्ष डा. वाग्लेले नेपालमा हरेक वर्ष कुपोषणले २५ हजार जना बालबालिकाहरुको अकालमा मृत्यु हुनेगरेको बताए । “सरकारले लक्ष्य अनुसार कुपोषण्लाई द्रुत गतिमा न्यूनीकरण गर्दै लगिरहेको छ,” उनले भने, “सन् २००१ मा ५ वर्षमुनिका बालबालिकाहरुको पुड्कोपन ५७ प्रतिशत रहेकोमा २०१६ सम्ममा घटेर ३६ प्रतिशतमा सिमित भएको भएको छ ।” 
सन् २०३० सम्ममा सो संख्या घटाएर १५ प्रतिशतमा झार्दै दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने सरकारले लक्ष्य राखेको उनको उनले बताए  ।

राष्ट्रिय योजना अयोगका अर्का सदस्य प्राडा गीताभक्त जोशीले भौतिक पूर्वाधारहरुको मर्मत गर्न जति सहज छ, कुपोषणलाई न्यूनीकरण गर्र्न त्यस्तो सजिलो नरहेको बताए । “हामी सडक, यातायातका साधनहरु मर्मत सम्भार गर्न सक्छौं,” उनले भने, “तर पुड्को दिमागको मर्मत गर्न सम्भव हुदैन ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC