अर्थ व्यवसाय

ग्रीन डेभलपर्सको ‘आईएसओ’ तालिम सम्पन्न  

ग्रीन डेभलपर्सको ‘आईएसओ’ तालिम सम्पन्न  

काठमाडौ । गोर्खा इको प्यानलको निर्माणकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्राइभेट लिमिटेड भक्तपुरले ‘आईएसओ’ सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिम कम्पनीको आयोजनामा दुई दिनसम्म सञ्चालन गरिएको थियो । 

तालिममा आन्तरिक ‘अडिटर टे«निग कोर्स’, आईएसओ चिन्हको गुणस्तरको जानकारी लगायतको सम्बन्धमा थियो । कम्पनीले एनएटीसीएम नेपाल प्राइभेट लिमिटेड नयाँं वानेश्वरको सहकार्यमा तालिम चलाएको जनाएको छ। 

तालिमपश्चात आईएसओ चिन्हको महत्व र गुणस्तरबारे अझ बढ्ता जानकारी पाएको तालिममा सहभागी इन्जिनिय कृष्ण सुन्दर कुम्पाखको भनाइ छ । कम्पनीमा कार्यरत इन्जिनियरहरु, कर्मचारीहरु करिब दुई दर्जन सहभागिले तालिम लिएको जनाइएको छ । 
 

तपाईंको मत