Skip Advt.

मिस टुरिजम–२०१७ को उपाधी आरतीलाई

मिस टुरिजम–२०१७ को उपाधी आरतीलाई

काठमाडौं । मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । फाइनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्यले साधेको अवको दश वर्ष पछि नेपालको पर्यटन उद्योग कस्तो अवस्थामा हुनेछ भन्ने प्रश्नको उत्तर दिएर आरतीले मिस टुरिजम–२०१७ को उपाधी चुमेकी हुन् । 

थापाले मिस पब्लिक च्वाईसको उपाधि पनि पाइन् । थापालाई मिस टुरिजम–२०१६ ओरुसा थापाले ताज लगाईदिइन् । थापाले उपाधीसँगै नगद ५० हजार सहित  पुरस्कार पनि पाइन् । 

त्यसैगरी मिस पर्सनालिटी र मिस स्माईल सहित मिस टुरिजम फस्ट रनर अपको उपाधी काठमाडौंकी क्रिस्टिना श्रेष्ठले जितिन् । मिस फिगर र मिस फोटोजेनिकसहित सेकेन्ड रनर अपरको उपाधी एन्जि लामाले जितिन् । फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः नगद ३० र २० हजार प्राप्त गरे ।

त्यस्तै मिस वाक पल्लवी सुवाल, मिस डिसिप्लिन रोमा खड्का, मिस ईन्टेलिजेन्ट सुजाता लामा, मिस ट्यालेन्ट रोशनी गौतम र मिस फ्रेण्डसिपको उपाधी युना राईले जितिन् । 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

मिस टुरिजम–२०१८ को उपाधी मनितालाई

काठमाडौं । मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस

मिस टुरिजम–२०१७ को उपाधी आरतीलाई

काठमाडौं । मिस टुरिजम २०१७ को उपाधी पोखराकी आरती थापाले जितेकी छिन् । फाइनलमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल

मिस टुरिजम–२०१७ मा ३३ प्रतिस्पर्धी

काठमाडौं । मिस टुरिजम–२०१७ को अडिसन सम्पन्न भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी कात्तिक १८ गते आयोजना गर्ने ‘मिस