site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
SkywellSkywell

हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन् । 

भीषण वर्षाका कारण बाँधहरु भत्कीएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको समाचारमा जनाइएको छ । प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले वर्षाले गर्दा हजारौँको संख्यामा पंक्षी पनि मरेको बुधबार जानकारी दिएको छ । 

Dabur Nepal
NIC Asia

मृत्यु भएकामध्ये आठ जना मध्य घेआन, पाँच जना उत्तरी सोन ला, चार जना उत्तरी होआ बिन्ह र तीन जना मध्य थान्ह होआ प्रान्तका रहेका छन् । त्यसैगरी हराउनेमा थान्ह होआ, सोन ला, होआ बिन्ह, मध्य क्वाङ त्रि प्रान्त र उत्तरी येन बाइ प्रान्तका रहेको जनाइएको छ । 

गत मङ्गलबार र बुधबार लामो समयसम्म भएको भीषण वर्षापछि आएको बाढी पहिरोले थान्ह होआ र होआ बिन्ह प्रान्तमा रहेका जलविद्युत योजना पनि क्षतविक्षत भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro