खेल
काठमाडौँ । एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा मंगलबार (आज) रुस्लान थ्रि स्टार क्लबले कम्बोडियाको नागाबल्र्ड फुटबल क्लबसँग खेल्दै छ ।
मंगोलियाको उलानबटारमा जारी छनौटको दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन थ्री स्टारले कम्बोडियाको च्याम्पियन नागाबल्र्डसंग प्रतिस्पर्धा गर्न लागेको हो । थ्रिस्टार र नागाबल्र्डबीचको खेल नेपाली समय अनुसार दिउँसोको पौने ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ ।
थ्रिस्टार नागाबल्र्डलाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यका साथ मैदान ओर्लने छ । समुह बि को यो छनौट प्रतियोगितामा थ्रिस्टार ३ अंक सहित पहिलो स्थानमा छ । थ्रिस्टारले पहिलो खेलमा मंगोलियाकै एर्चिम क्लबलाई उसकै घरेलु मैदानमा २–० को जित निकालेको थियो ।
समुहको शिर्ष स्थानमा रहेको थ्रिस्टारको अर्को चरणमा जाने संभावना बढि छ । तर, थ्रिस्टारले नागाबल्र्डसंग कम्तीमा बराबरी खेल्नुपर्ने हुन्छ । मंगलबारको खेलमा थ्रिस्टार विजयी भए , स्वत एएफसी कप फुटबलको अर्को चरणमा पुग्नेछ । यदि थ्रिस्टार पराजित भए उसको अर्को चरण प्रवेश नागाबल्र्ड र एर्चिमवीचको खेलको नतिजा कुर्नुपर्नेछ ।
तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता छ । तीन वटै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ । ललितपुरको रैथाने क्लब थ्रिस्टारले नेपालको राष्ट्रिय लिग विजेता भएपछि एएफसी कपको प्लेअफ छनोटमा नेपालको प्रतिनिधित्व गरेको हो ।
तस्वीर : एनएसजेएफ
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७३ ०९:०७
प्रतिक्रिया दिनुहोस्