site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उद्घाटन खेलमा काठमाडौंको रोमाञ्चक जित

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो खेलमा काठमाडौं म्याभरिक्सले पोखरा लेकर्सविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको खेलमा धनश्याम रोक्का मगरको कप्तानीमा रहेको काठमाडौंले पोखराविरुद्ध ४२–४१ को रोमाञ्चक जित निकालेको हो ।

प्रतियोगिताको पहिलो खेलमै जित निकालेको काठमाडौंले पाँच अंक जोडेको छ । हारका बाबजुद पोखरा एक अंक पाएको छ । प्रतियोगितामा सात अंकभन्दा कम अन्तरले पराजित हुने टिमले एक अंक प्राप्त गर्नेछ ।

प्रतियोगिताको पहिलो संस्करणमा कुल ६ टिमको सहभागिता छ । जसमा काठमाडौं, पोखरासँगै जनकपुर नाइट्स, हिमालयन रेडर्स, धनगढी वाइल्डक्याट्स र विराटनगर ब्यान्डिट्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro