site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नुवाकोट । नुवाकोटमा कार्यरत श्रमिकको पारिश्रमिक १४ प्रतिशतले वृद्धि भएको छ । निर्माण सामग्री ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्यालादर निर्धारण समितिले श्रमिकको श्रेणी विभाजन गरी यसअघि कायम पारिश्रमिक शुल्कमा १४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । 

समितिले दैनिक पारिश्रमिक लिएर काम गर्ने सबैको शुल्क १४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेअनुसार नयाँ शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । 

समितिको निर्णयानुसार दक्ष कामदारको प्रति आठ घण्टाको पारिश्रमिक रु एक हजार ८० निर्धारण गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“यसअघि पाउँदै आएका रु एक हजार कम भएको महसुस गरी वृद्धि गरिएको छ,” प्रजिअ बरालले भन्नुभयो, “बढ्दो बजार महँगी, कामदारको अभाव र श्रमिकको उचित पारिश्रमिकको पक्षमा समर्थन गर्दै शुल्क वृद्धिको निर्णय गरिएको हो ।” 

निर्माण पक्षसँग सम्बन्धित अन्य श्रेणीका दक्ष कामदारको पारिश्रमिक वृद्धि गरी प्रतिआठ घण्टाको रु ८५० निर्धारण गरिएको छ । दक्ष कामदारका रुपमा वर्गीकरण गरिएको ज्यामी, डकर्मी, सिकर्मी, अपरेटरलगायतका श्रमिकको पारिश्रमिक यसअघि रु ८१५ रहेको थियो । 

Global Ime bank

समितिले अर्धदक्ष कामदारको प्रतिआठ घण्टाको रु ६६० निर्धारण गरेको छ । अर्धदक्ष कामदारलाई रु ६०० र हलुका श्रेणीमा सूचीकृत ज्यालादारी श्रमिकको ज्यालादर रु ४६० निर्धारण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बरालले जानकारी दिए । 

समितिले सडकमा काम गर्ने ‘लेन्थ वर्कर’को ज्यालादर रु ४३० निर्माण सुपरभाइजरको रु ५३०, लाइट सवारी चालकको रु ६०० र सहयोगी कार्यकर्ताको रु ४९५ निर्धारण गरिएको छ । 

समितिले निर्माण सामग्रीको मूल्य दर भने अहिले कायम रहेको शुल्क यथावत् रहने निर्णय गरेको छ । समितिको निर्णयले निर्माण सामग्री खरिद, सामानको ढुवानी, फलाम तथा काठको पोल, भू–संरक्षणसम्बन्धी काम, बोटबिरुवा, काठ–दाउरा, इँटालगायतको मूल्य यथावत् गरिएको छ । 

निर्माण सामग्रीको ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्यालादर रेट निर्धारणका लागि समितिले प्राविधिक कार्यालयका इञ्जिनियर उषेश श्रेष्ठ संयोजक एउटा कार्यदल बनाएको थियो । तीन महिनाको अध्ययन र नेपाल राष्ट्र बैंकबाट प्रकाशित राष्ट्रिय मूल्य सूची दरको विश्लेषणका आधारमा कार्यदलले प्रस्ताव गरेको शुल्क निर्धारणलाई सदर गरी कार्यान्वयनमा ल्याएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC