राजनीति
काठमाडौं । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पदम लाल श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले २ हजार ८०२ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका जितबहादुर श्रेष्ठले २ हजार ३६३ मत ल्याए ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शान्तिमाया थिङ जित हाँसिल गरिन् ।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४ १२:५२
प्रतिक्रिया दिनुहोस्