site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुष चौथो हप्ता ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ आयोजना गर्ने भएको छ । 

पौष २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा उक्त एक्स्पो हुने भएको हो ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोगले एक्स्पोलाई संरक्षकत्व प्रदान गरेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक्स्पोमा  नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज ‘कन्ट्राक्टर्स’ लगायतको सक्रिय सहयोग रहने आयोजकको भनाइ छ । 

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको जनाइएको छ ।

Global Ime bank

आयोजकका अनुसार एक्स्पोमा ३ सयभन्दा बढी स्टल राखिनेछ । जसमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल रहनेछ । साथै १ सय ५० भन्दा बढी विदेशी स्टल रहने अयोजकको विश्वास छ ।

स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले उक्त एक्सपोमा टनेल खन्ने उपकरण सहित पछिल्ला टेक्नोलोजीको बारेमा समेत जानकारी दिइने बताए । 

एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीनभन्दा एक बर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपाल चीनभन्दा धेरै पछि रहेको गुनासो गरे ।

नेपाल सरकारले घोषणा गरेको ७ बर्षमा १७ हजार मेगावाट विद्युतउत्पादनगर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास आयोजकले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC