site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एनआरएनए अध्यक्षमा जमुनाको चर्चा, कसको पल्ला भारी ?
Sarbottam CementSarbottam Cement

न्युयोर्क । विदेशमा बस्ने नेपालीको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चुनावी सरगर्मी बढिरहेको छ । अबको अध्यक्ष को हुन्छ ? सर्वसम्मत हुन्छ कि हुँदैन ? सर्वसम्मत नभए को को उमेदवार हुन्छन् ? एनआरएनएप्रति चासो राख्नेहरुबीच अहिले यस्तै प्रश्न उठ्ने र तर्कवितर्क हुने गरेका छन् । विदेशमा नेपालीको संख्या र प्रभाव बढ्दै जानु, एनआरएनए ७५ भन्दा बढी देशमा विस्तार हुनुले पनि अध्यक्ष पदको महत्व बढेको छ ।  

एनआरएनए सञ्जाल (नेटवर्क) विस्तारको लागि पनि उपयोगी माध्यम भइसकेको छ । दशैं सकिएलगत्तै काठमाडौंस्थित हायात होटलमा एनआरएनएको विश्व सम्मेलन हुँदैछ । यही सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नयाँ नेतृत्वका लागि निर्वाचन हुन एक महिनाभन्दा पनि कम समय बाँकी रहेकाले चुनावी सरगर्मी चुलिँदै गएको हो । 

केही महिनाअघिसम्म अध्यक्ष पदका लागि उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्त उठ्ने भनेर चर्चामा थिए । दुवै जना अध्यक्ष पदमा उठ्ने चाहना राखेर अघि बढेका थिए । तर, केही साताअघि यो चर्चामा फेरवदल भएको छ । एक महिनाअघि हङकङमा कुमार पन्त र भवन भट्टबीच पालैपालो अध्यक्ष बन्ने सहमति भएको अनौपचारिक रुपमा सार्वजनिक भएको थियो । सहमति भएको होइन भनेर दुवै जनाले भनेका छैनन् । सहमतिका बारेमा स्पष्ट नखुलाए पनि दुवै जना भन्छन्, “सहमति गरेर जानु नै उपयुक्त हो ।”
यो सहमति हुनुको एउटा कारण जमुना घले उमेदवार बन्ने भन्ने चर्चा पनि हो । यदि अहिले आएको चर्चाअनुसार नै जमुना उमेदवार भएमा पन्त र भट्ट मिलेर जाने लगभग पक्का छ । जमुना एनआरएनए अध्यक्ष शेष घलेकी पत्नी हुन् । घले दम्पत्ति दुवैले यो चर्चालाई नकारेका छन् । तर, एनआरएनएमा घलेका निकटहरु भने जमुना उठ्ने साँचो नै हो भन्छन् । एनआरएनए अध्यक्षमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने विधानमा व्यवस्था छ । यही भएर जमुनाको नाम चर्चामा आएको हो । शेष दुई पटक अध्यक्ष भइसकेकाले पुनः उठ्न मिल्दैन ।  

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार अमेरिकामा आयोजना गरिएको एनआरएन अमेरिकाको कार्यक्रममा सहभागी हुन आउँदा धेरैले घले दम्पत्तिलाई यही चर्चाका बारेमा सोधेका थिए । अध्यक्ष घलेले होइन नै भन्ने जवाफ दिए । अमेरिकामा हालैको निर्वाचनवाट चुनिएका प्रतिनिधिको पदस्थापन कार्यक्रममा दुई रात बिताएर घले दम्पत्ति केही घण्टाका लागि क्यानडा उडेका थिए । त्यहाँ पनि एनआरएन क्यानडाको कार्यक्रममा सहभागी भए । यो दौडाहाले जमुना उठ्ने चर्चालाई थप बल भने दिन्छ । क्यानडा र अमेरिका ३०० जना प्रतिनिधिहरु एनआरएनए विश्व सम्मेलनमा सहभागी हुन पाउँछन् । करिब १५ सय प्रतिनिधिले भोट हाल्न पाउने हुँदा यो संख्या सानो होइन । 

किन जमुना उठ्ने भन्ने प्रश्नमा उनका निकट भन्छन्, “अध्यक्ष शेष घलेले सुरु गरेका काम र भिजन २०२० लाई निरन्तरता दिन जमुना उठ्दा सजिलो हुन्छ ।” एनआरएन अमेरिकाको कार्यक्रममा सम्बोधन गर्ने क्रममा अध्यक्ष घलेले आफ्नो कार्यसमितिको टिमप्रति आक्षेप लगाउने खालको टिप्पणी गरेका थिए । आफ्नो सम्बोधनमा घलेले आफूले सुधारका लागि गरेका सबै कोसिसहरु आन्तरिक कारणले सफल हुन नसकेको बताएका थिए । उनले संस्थाको आफ्नै भवन निर्माण, समायानुकूल संरचना परिवर्तन र संस्थालाई स्रोतसम्पन्न बनाउने सन्दर्भमा केही ठोस प्रगति हासिल भएपनि धेरै काम गर्न बाँकी रहेको पनि बताए । यो भनाइले पनि घलेले आफ्ना दुवै उपाध्यक्षलाई नरुचाएको संकेत गर्छ । 

Global Ime bank

जमुना उमेदवार भएको खण्डमा भवनसँग उनको प्रतिस्पर्धा हुनेछ । भवनले काठमाडौंमा आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । कुमार अर्को कार्यकालका लागि भवनको समर्थनमा अध्यक्ष बन्ने गरी पुनः उपाध्यक्षमा दोहोर्याउने तयारीमा छन् । भवन दुईपटक उपाध्यक्ष भइसकेकाले पनि अध्यक्षमा उठ्न नछाड्ने अवस्थामा पुगेर उमेदवारी घोषणा गरेका हुन् । कुमारको भने यो पहिलो कार्यकाल हो । भवनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गरेकोमा कुमार पन्तका सहयोगीहरु भने खुसी छैनन् । दुवैजनाले मिलेर उमेदवारी घोषणा गरेको भए राम्रो सदेश जाने थियो, किन भवनले एक्लै गरे भन्ने प्रश्न उनीहरुले उठाएका छन् । कुमार स्वंयले भने भवनको उमेदवारी घोषणालाई हल्काफुल्का रुपमा लिएको देखिन्छ । गोरखामा जन्मेका भवन र कुमार दुवैलाई आफूहरुबीच प्रतिस्पर्धा निकै खर्चिलो हुन्छ भन्ने थाहा छ । निर्वाचन हारेपछि दुईमध्ये एक बाहिर बस्नुपर्ने हुन्छ । यो जोखिम लिने पक्षमा उनीहरु छैनन् । 

कुमार र भवन मिलेर गएको अवस्थामा उपाध्यक्ष पदका आकांक्षी डा. बद्री केसी पुनः महासचिवमा नै उठ्ने भएका छन् । एनआरएनएमा एक जना महिलासहित तीनजना उपाध्यक्ष हुन्छन् । अर्को उपाध्यक्ष पदका लागि अमेरिकाका सोनाम लामा, खगेन्द्र जीसीलगायतले इच्छा देखाइरहेका छन् । सोनाम घले पक्षधर मानिन्छन् । जमुना उमेदवार हँुदा सबैभन्दा ठूलो आलोचनाको विषय श्रीमान्, त्यसपछि श्रीमती भन्ने छ । त्यसैले अहिलेको चर्चाको प्रतिकृया हेरेर अघि बढ्ने रणनीति घले पक्षधरहरुको छ । 

जमुना नउठेको सन्दर्भमा फरक उमेदवार र समीकरण पनि बन्न सक्छ । २००३ मा सुरु भएको एनआरएन अभियानमा एउटा अपवादलाई छाडेर सर्वसम्मत रुपमा नै नेतृत्व चयन भएको छ । नेतृत्वका लागि चर्को प्रतिस्पर्धा भइरहेको अवस्थामा चुनावको एक दिनअघि नेतृत्व सर्वसम्मत चयन भएका उदाहरण पनि छन् । यस पटक पनि यो इतिहास दोहोरिने सम्भावना पनि छ ।  

तस्बिर, फेसबुकबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC