site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन, एसिया कपमा छानियो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेको छ । मलेसियामा आइतबार भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । 

प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । एसीसी यू–१९ इस्टर्न रिजनको उपाधिसँगै नेपालले एसीसी यू–१९ एसिया कपमा क्रिकेटमा स्थान बनाएको छ । एसिया कप आगामी नोभेम्बरमा हुनेछ । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानजस्ता बलियो टोलीको सहभागिता हुनेछ ।  

मलेसियाको किनरारा ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४  ओभर ४ बलमा  ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान दिपेन्द्र सिंह एरीले २२ रन जोडे । दिपेन्द्रले प्रनित थापा मगरसँग चौथो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । प्रनित १९ रनमा अविजित रहे ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि नेपालका ओपनर सन्दिप सुनारले १९ तथा अनिल कुमार साहले १६ रन बनाएका थिए ।  नेपालले ओपनर आसिफ शेखलाई मात्र १ रनमा गुमाएको  थियो । हङकङका करण दिप सिंहले तीन तथा झाथावेध एसएसले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२ ओभर १ बलमा अलआउट हुँदै ७६ रन बनाएको थियो । खराब सुरुवात गरेको हङकङले पहिलो ओभरमै ओपनर  राग कपुरलाई सुन्य रनमा गुमाएको थियो । उनलाई नेपालका नन्दन यादवले पहिलो ओभरको पाँचौ बलमा पेभेलियन फर्काएका थिए ।

Global Ime bank

पहिलो विकेट सस्तैमा गुमाएपनि हङकङलाई मध्यक्रमका ब्याट्सम्यानले सम्हाल्ने कोशिश गरेका थिए । हङकङका हरपृत सिंह र कप्तान झाथावेध एसएसले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । रन आउट हुनुअघि झाथावेध एसएसले १६ रन बनाए । यस्तै तेस्रो विकेटका रुपमा आउट भएका ओपनर हरपृत सिंहले २० रन बनाए । हङकङको स्कोर मात्र ४५ रन हुँदा हरपृतलाई शाहव आलमले पेभेलियनको बाटो देखाएका थिए ।

हरपृत आउट भएपछि हङकङले लगातार विकेट गुमायो । हङकङले  थप ३१ रन जोड्दा सात विकेट गुमाएको थियो । त्यसपछि हङकङका वाकोस खानले मात्र १५ रन जोडन सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

हङकङलाई कम स्कोरमा रोक्न नेपाली बलर शाहव आलम र सन्दिप लामिछाने समान ३ – ३ विकेट लिए  । सन्दिपले ६ ओभर १ बलमा १ मेडनसहित  मात्र ८ रन खर्चिएका थिए भने शाहबले ७ ओभर बलिङ गर्दै १५ रन खर्चिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह एरी र नन्दन यादवले समान १ – १ विकेट लिए ।

इस्टर्न रिजनको छनोटको समूह ए मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा भने नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको थियो । यता, छनोटको समूह बि मा रहेको हङकङ पनि समूह बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय