site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ग्यास बुलेट खरिदबारे सचिव र सांसदहरूबीच चर्काचर्की, सचिवले माफी मागे
Sarbottam CementSarbottam Cement

काठमाडौं । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले राखेकोे वैठकमा केही दिनअघि मात्र जिम्मेवारी सम्हालेका आपूर्ति मन्त्रालयका सचिव र सांसदहरुबीच चर्काचर्की परेको छ । उपसमितिले एलपी ग्यासको आपूर्ति  योजना र बुलेट खरिदको अवस्थाका सम्बन्धमा डाकेको बैठकमा मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा र सांसदहरुबीच भनाभन भएको हो ।

बैठकमा सचिवले प्रयोग गरेको शब्दलाई लिएर विवाद बढेको थियो । बैठकमा आफ्नो प्रस्तुतिको क्रममा सचिव देवकोटाले सांसदहरुलाई लक्षित गरेर के सचिवहरु कसैको गोठाला तथा हरुवा चरुवा हो ? भनेपछि सांसदहरु आक्रोशित भएका थिए । सांसदहरुले पहिले नै ग्यास बुलेट ल्याउनुपर्नेमा ढिलाइ भइरहेकोप्रति मन्त्रालयले जवाफ दिनुपर्ने भनेर च्यापेपछि सचिवले भने, “के सचिवहरु गोठाला, हरुवा चरुवा हुन् ?” उनले सांसदहरुप्रति इंगित गर्दैै भने, “बैठकमा आउन मलाई हिजो बिदाको दिन चिट्ठी दिइयोे ।” सांसदहरुले आफ्नो मर्यादामाथि असर पुर्याएको उनको भनाइ थियो । बैठकमा हतारमा बोलाएका कारण कागजतहरु समेत ल्याउन नभ्याएको उनले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

केही सांसदहरु सहसचिव मुकुन्द प्रसाद पौडेलप्रति पनि खनिए । उनले भर्खरै प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेताहरुले आ–आफ्नो मान्छेहरुलाई मात्र पठाएकोले एलपी ग्यासको बुलेट सम्बन्धी एजेन्डा अघि बढ्न नसकेको बताएका थिए । “राजनीतिक भागबन्डा नगरी स्वतन्त्र रुपमा पठाउने हो भने क्षणभरमै यो समस्या समाधान हुन्छ,” सहसचिव पौडेलले भने । उनका अनुसार आपूर्ति मन्त्रालयले गर्ने काम गरिसकेको छ र अब परराष्ट्र मन्त्रायले मात्र गर्न सक्छ । 

उनले त्यति भनेपछि सांसदहरु आक्रोशित भएका थिए । सांसदहरुले देशको गम्भिर विषयमा निर्णय, छलफल वा बैठक बस्न परेमा दिन–रात बिदाले कसैलाई पनि छेक्न नहुने बताए । चलिरहेको वैठक पनि देशकै गम्भिर विषयमाथि भएको सांसदहरुको तर्क थियो । 

Global Ime bank

सचिवको भनाइ चित्त नबुझेपछि तत्कालै सांसद दीपक कार्कीले तुरुन्त सचिवले बोलेको शब्द फिर्ता लिनुपर्ने बताए । “सरकार र समितिकै निर्णय अनुसार ग्यास व्यवसायीले भारतबाट ग्यास बुलेट ल्याउन लागेको हो । अहिले भारतले एक्स्प्लोसिभ लाइसेन्स नदिँदा व्यवसायीहरुको ७ अर्ब जोखिममा छ,” उनले भने, “१ वर्ष भयो काम अघि बढ्न नसकेको, काम नपाएर तपाईहरुसँग हामीले डिस्कस गरेको हो ?” 

अर्का सभासद नारायण बहादुर कार्कीले आजसम्म समितिमा सचिवहरुबाट यस्तो अपमानित हुन नपरेको सुनाए । सचिवले प्रयोग गरेको शब्द फिर्ता लिनुपर्ने भन्दै जंगिएर भने, “तपाईहरुको योग्यता के हो ?” 
सांसद राज्यलक्ष्मी श्रेष्ठले त मन्त्रालयमा काम गर्न नसक्ने भए बस्न नपर्ने बताइन् ।  “१ वर्ष भयो ग्यास बुलेटमाथि छलफल भएको,” उनले सचिवलाई लक्षित गर्दै भनिन् “सो सम्बन्धमा ब्रिफिङ लिएर किन आउनुभएन ? मन्त्रालयमा बसेर काम गर्न सक्नु हुन्न भने जानुहोस् । अर्को आएर गर्नेछ ।” 

सांसद र सचिवको भानभन भइरहँदा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेलगायत भने मुखामुख गरिरहेका थिए । 
अन्तमा सांसदहरुले र्याखर्याख्ती पारेपछि मैले त्यसो भन्न खोजेको होइन भन्दै सचिव देवकोटाले घुमाउरो पारामा माफ मागेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २३, २०७४  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC