site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एकल साँझको अन्तिम तयारीमा अन्जु, २७ वाद्यवादकले साथ दिने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त आफ्नो पहिलो एकल साँझको अन्तिम तयारीमा जुटेकी छन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत हुन लागेकी हुन् । 

आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा उनले आफ्ना लोकप्रिय आधा दर्जन गीत प्रस्तुत गर्नेछिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई २७ जना वाद्यवादकले साथ दिनेछन् । अन्जुले मंगलबारबाट अभ्यास थालेकी छिन् । दुई दशक लामो सांगीतिक यात्रामा पहिलोपटक एकल साँझमा प्रस्तुत हुन लागेकोमा उनले खुसी लागेको बताएकी छन् । 

उनले पछिल्लो समय चलेका ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘सुर्के थैली’ सँगै सुगम संगीतमा सर्वाधिक लोकप्रिय रहेका ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ आदि गीत गाएकी छन् । उनले यी गीत पनि एकल साँझमा गाउने बताएकी छन् । 
 
गायिका अन्जुले एकल साँझबाट उठेको पैसा परोपकारी काममा खर्चिने घोषणा गरिसकेकी छन् । उनले एकल साँझबाट उठेको रकम रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताएकी छिन् । 

Global Ime bank

एकल साँझबाट उठेको रकम अन्जु पन्त फाउन्डेसनको माध्यमबाट बालबालिकाका लागि खर्च गरिने छ । आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने एकल साँझमा सहभागिताका लागि टिकटको मूल्य ३ हजार, २ हजार र १ हजार राखिएको अन्जु पन्त फाउन्डेशनले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement