विदेश
काठमाडौं । इराकी राजधानी बग्दादमा रहेको एक उर्जा केन्द्रमा इस्लामिक स्टेट विद्रोहीले आत्मघाती आक्रमण गर्दा ७ जनाको मृत्यु भएको छ ।
इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा अन्य १२ जना घाइते भएका छन् ।
राजधानी बग्दादबाट करिब एक किलोमिटरमा उत्तरमा रहेको समारा क्षेत्रमा रहेको ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीले सजिलै प्रवेश गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
आक्रमणमा परी अन्य १२ घाइते भएको प्रहरीले जनाएको छ । आत्मघाती आक्रमणकारीले गोलीसमेत प्रहार गरेको बताइएको छ । आक्रमणबाट कैयौं ट्यांकर र ट्रकमा क्षति पुगेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४ ०१:३५
प्रतिक्रिया दिनुहोस्