site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इमरान खानको पार्टीले हिंसाको राजनीति गरेको आरोप, फेरि आन्दोलनको तयारीमा पीटीआई !
फाइल तस्बिर : एजेन्सी ।

काठमाडौं । पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तरदारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले हिंसाको राजनीति बढाएको आरोप लगाएका छन् । पीटीआईको प्रदर्शन कहिल्यै शान्तिपूर्ण नरहेको उनको आरोप छ ।

उनले पीटीआईका कार्यकर्ताले नोभेम्बर २६ मा इस्लामावादमा आधुनिक हतियार, स्टेन गन, अश्रु ग्यास र ग्रेनेडसहित हिंसा फैलाएको आरोप लगाएका छन् । अताउल्लाहले ९ मे र २६ नोभेम्बरलाई पाकिस्तानको इतिहासमा सबैभन्दा कालो दिनको रूपमा व्याख्या गरे ।

"पीटीआईले शवको राजनीति गर्न चाहन्छ । देशमा अशान्ति फैलाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चाहन्छ," उनले भने ।

जेलमा रहेका पीटीआईका संस्थापक इमरान खानले सरकारले देशलाई जातीय आधारमा विभाजन गरेको जवाफ फर्काएका छन् । एक्समार्फत इमरानले सरकारले जातीय आधारमा पश्तूनहरूलाई निशाना बनाएको बताएका छन् ।

इमरानले ‘फुटाउ र राज गर’को नीतिको हिस्सा नबन्न अपिल पनि गरेका छन् । यसबाहेक इमरानले सरकारलाई अवज्ञा आन्दोलन (सरकारको अवज्ञा) गर्ने चेतावनी पनि दिएका छन् ।

इमरानले सरकारसमक्ष दुई प्रमुख माग पनि राखेका छन् । त्यसमध्ये पहिलो गत वर्षको मे ९ र यस वर्षको नोभेम्बर २६ मा भएको हिंसाबारे सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशको अध्यक्षतामा छानबिन गरिनुपर्ने माग छ । दोस्रोमा गैरकानूनीरूपमा जेलमा परेका पीटीआई कार्यकर्ता र नेताहरूलाई रिहा गरिनुपर्ने माग छ ।

नोभेम्बर २६ मा भएको हिंसामा चार प्रहरीसहित सात जनाको मृत्यु भएको थियो ।

द प्रिन्टबाट ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro