site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु समूहको ‘ई प्रभु’ सेवा पोखरामा
SkywellSkywell

पोखरा  । विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको प्रभू समूह अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित ‘इ प्रभु सेन्टर’ सेवा पोखरामा सुरु भएको छ । उक्त सेवामार्फत मोबाइल तथा कम्प्युटरको माध्यमबाट विभिन्न सेवा प्रदायक संस्थाहरुको बिल भुक्तानी लगायत अनलाइन बिलिङ सम्बन्धी सम्पूर्ण काम हुने प्रभु समूहले जनाएको छ ।

व्यस्त समयको सदुपयोग गर्नका लागि र एउटै छानामुनीबाट सम्पूर्ण सेवा प्रदान गर्न इ प्रभुको सेवा प्रभावकारी हुने बताइएको छ । पोखरा आसपासलाई लक्षित गरेर एजेन्ट वितरण कार्य सञ्चालन भइरहेको आधिकारिक बिक्रेता आकाश डिजिटल पेमेन्ट मालेपाटन पोखराका सञ्चालक बन्दना सिग्देलले जानकारी दिइन् । 

Dabur Nepal
NIC Asia

नेपालका २५ हजार भन्दा बढी बैंक, एजेन्ट तथा सहकारीहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको यो समूहले प्रभु म्यानेजमेन्टमार्फत रेमिट्यान्स कारोबार, सहकारी तथा बैंकको खातामा रकम हस्तान्तरण, अन्तर सहकारी रकम स्थानान्तरण, मोबाइल बैंकिङ कारोबार, पैसा भुक्तानी सेवा, एन.टि.सि., एन.सेल.को मोबाइल रिचार्ज तथा बिल भुक्तानी सुविधा उपलब्ध गराएको छ ।

डिस होम र एडिएसएलको बिल भुक्तानी, बस तथा एअरलाइन्स टिकट बुकिङ, सुविसु र वल्डलिंक बिल भुक्तानी, प्रिमियम कलेक्सन, बिद्युत महशुल भुक्तानी, ग्रुप एसएमएस लगायतका सेवा समेत प्रदान हुने सिग्देलले जानकारी दिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १८, २०७४  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu