साहित्य
काठमाडौं । खेमकला–हरिकला लामिछाने प्रष्ठिान, चितवनले विसं. २०७३ सालको पद्मश्री पुरस्कार नवराज पराजुलीकृत सगरमाथाको गहिराइलाई अर्पण गर्ने निर्णय गरेको छ ।
दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कारका लागि जनकराज सापकोटाको कहर, नगरकोटीद्वारा लिखित घाटमाण्डु, राज सरगमको छाउघर, नविन विभासको रोल्पा सुइना मनोनयनमा परेको थियो ।
यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णयानुसार पराजुलीलाई पुस्कृत गर्ने निर्णय गरिएको संरक्षक जीवा लामिछानेले जानकारी दिए ।
त्यस्तै, २०७३ कै पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रूपमा दिने निर्णय भएको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४ ०९:१४
प्रतिक्रिया दिनुहोस्