काठमाडौं । कुनै कार्यक्रम, पार्टी वा कार्यालयमा जाँदा मात्रै होइन, महिला घरमै बस्दा पनि मेकअप गरेर बस्न रुचाउँछन् । त्यसमाथि पनि चाडपर्व तथा खास अवसरमा सहभागी हुने भनेपछि महिलाहरु विशेष मेकअप नै गर्न अग्रसर हुन्छन् ।
व्यक्तित्वलाई निखार्ने ड्रेसअप र मेकअप पनि भएकाले यसमा महिला पछि पर्ने कुरै भएन । आफ्नो सुन्दरतालाई निखार्न हमेशा प्रयत्नरत महिलाका लागि विभिन्न खालका मेकअप र ड्रेसअप भएपछि उनीहरुले त्यसको प्रयाग गर्ने नै भए ।
विशेषगरी दुलही तथा विवाहमा लामो समय टिक्ने तथा राम्री देखिने मेकअप गर्ने चलन छ । यसलाई ब्राइडल मेकअप भनिन्छ । तर समय र पैसा हुनेहरुले भने यो मेकअप पार्टी तथा कार्यक्रममा जाँदा पनि गर्छन् । दैनिक कार्यालय वा काममा जानेहरुका लागि भने यो सधैं यो मेकअप सम्भव हुँदैन ।
ब्राइडल मेकअप गर्दा सुरुमा अनुहारलाई सफा गर्नुपर्छ । अनुहार क्लिजिङ गरेर वा सावुन पानी वा फेसवासले धुएर गर्न सकिन्छ । मुहार सफा भइसकेपछि अनुहारमा टोनर र फेस प्राइमर लगाउनुपर्छ । यदि अनुहारमा दाग वा धब्बा छ भने कन्डिस्नर लगाएर छोप्न सकिन्छ र फाउन्डेशन लगाउनुपर्छ ।
मेकअप गर्ने तरिका
ब्राइडल मेकअप गर्दा आँखाबाट सुरु गर्नु राम्रो हुन्छ । पहिला आँखामा आइस्याडोको बीच बनाइन्छ । बीचमा बनाउँदा गोल्डेन, सिल्बर तथा स्किन रङको प्रयोग गर्न सकिन्छ । आँखाको मेकअप गर्दा आफूले लगाएको ड्रेस अनुसारको हुनुपर्छ । यसो गरियो भने राम्रो देखिन्छ । गाजल लिक्वुट प्रयोग गर्ने तथा मस्कारा लगाउन भुल्नु हुँदैन ।
आँखाको मेकअप सकिएपछि गालामा रोज लगाउने, अनुहारलाई चम्किलो बनाउन सिमसले हाइलाइट गर्नुपर्छ । ब्राइडल मेकअपमा ओठको मेकअप अन्तिममा गरिन्छ ।
ओठको मेकअप गर्दा पहिला पेन्सिल आउटलाइनर लगाएर लपिस्टिक लगाउनुपर्छ । यसो गर्दा लिपिस्टिक राम्रोसँग लाग्छ र दायाँ बायाँ पनि लाग्ने सम्भावना कम हुन्छ ।
अन्तिममा पुनः एकपटक टोनरको प्रयोग गरेमा लामो समय सम्म मेकअप बसिरहन्छ । यो मेकअपका लागि कति खर्च लाग्छ भन्ने सन्दर्भमा व्युटिपार्लर र व्युटिसियन अनुसार फरकफरक पर्छ । यस्तो मेकअप विवाह र पार्टीहरुमा जानका लागि मात्रै गरिने भएकाले त्यति धेरै गरिँदैन ।
(सुजातासँग बाह्रखरीका लागि प्रनिशा अधिकारीले गरेको कुराकानीमा आधारित)