site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कौन बनेगा करोडपति’ मा ७ करोडसम्म जित्न सकिने, यस्ता भए परिवर्तन 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अमिताभ बच्चनको प्रसिद्ध टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ एक पटक पुनः दर्शकलाई मनोरञ्जन दिनका लागि तयार छ । शो सोनी च्यानलमा २८ अगस्टदेखि प्रसारण गरिनेछ ।

शोको पहिलो एपिसोडमा यसको १७ वर्षको यात्रा देखाइनेछ । शोको रंगढंगमा पनि निकै परिवर्तन गरिएको जीन्युजले लेखेको छ । अमिताभ बच्चनले शो लञ्च गरिसकेका छन् । यो शो कयौँ प्रतियोगीको जीवनमा परिवर्तन ल्याउन सफल भएको छ । यो पटक शोको फम्र्याटमा पनि परिवर्तन आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शोमा भएको परिवर्तन यस्ता छन्

१. सन् २००१ मा सुरु भएको यो टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ ले जित राशी बढाएर ७ करोड बनाइएको छ । यदि कोही प्रतियोगीले एक करोड रुपैयाँ जित्छ भने उनका लागि अर्को प्रश्न ७ करोडका लागि सोधिने छ । यो रुपैयाँमा सरकारले लगाउने सबै ट्याक्स समावेश छ ।

Global Ime bank

२. यो पटक शोको एउटा लाइफलाइन ‘फोन अ फ्रेन्ड’ को फम्र्याटलाई परिवर्तन गरिएको छ । अब प्रतियोगीले ‘फोन’को ठाउँमा ‘भिडियो कल अ फ्रेन्ड’ विकल्प पाउनेछन् । साथै ‘जोडीदार’ नामको एउटा नयाँ फिचर जोडिएको छ । यसमा स्टेजमा बसेका विभिन्न व्यक्तिमध्ये एकजनाबाट सहयोग लिन सकिन्छ ।

३. यसपटक शोमा सेलिब्रिटी गेस्ट आफ्नो चलचित्रको प्रमोशनका लागि सहभागी हुनसक्ने छैनन् । यसको अर्थ शोमा सेलिब्रिटी देखिँदैनन् भनिएको होइन, सेलिब्रिटी कुनै प्रतियोगीका ‘जोडीदार’ का रूपमा खेल्न सक्नेछन् । वा, उनीहरू कुनै सामाजिक मुद्दामा फंड जुटाउन यो शोमा खेल्न सक्नेछन् ।

४. यो पटक शो ३० देखि ३५ एपिसोडसम्म मात्र रहेको छ । शो ६ हप्तासम्म चल्ने छ । यसपटक शोलाई निकै कठिन र प्रतिस्पर्धी बनाइएको छ । 

५. शो प्रतियोगीबाहेक दर्शकले पनि खेल्न सक्नेछन् । जियो टीभीका माध्यमद्वारा दर्शकले खेल्न सक्नेछन् । दर्शकलाई सोधिने प्रश्न टीभीको स्क्रिनमा देखिन्छ । यसपटक शोको ट्याग लाइन ‘अब जवाब देने का वक्त आय गया’ (अब उत्तर दिने समय आयो) राखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ९, २०७४  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement