राजनीति
काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको प्रस्ताव असफल भएपछि सरकारमाथि नै गम्भीर प्रश्न तेस्र्याएको छ । व्यवस्थापिका संसद्मा सोमबार भएको मतविभाजनका क्रममा सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव अस्वीकृत भएको थियो ।
संसद्को बैठकपछि बोल्दै संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले दिएको सुझावविपरित सरकार अघि बढ्न खोज्दा प्रस्ताव असफल भएको बताए ।
उनले आफूहरुले विशेष समिति बनाएर त्यसमा पठाउने र सबैलाई मान्य हुने प्रस्ताव तयार पार्ने प्रस्ताव गरे पनि सत्तारुढ दलहरुले नमानेको बताए ।
उनले भने, “यो सामान्य विधेयक त होइन तर पनि सरकारले ल्याएको प्रस्ताव असफल भएको छ । यसले सरकारसमक्ष गम्भीर नैतिकताको प्रश्न उठेको छ ।”
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४ २०:१२
प्रतिक्रिया दिनुहोस्