site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

महेन्द्रनगर। बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ । 

बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ । 

कृषि कार्यालय धनुषाका मत्स्य विकास अधिकृत लक्ष्मीनारायण भगतले पनि माछाखेतीमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए। उनले पनि बाढीले माछाखेती गर्ने किसानलाई निकै ठूलो नोक्सानी भएको बताए । 

Global Ime bank

मत्स्य विकास तथा तालीम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार गरिएका १० लाख साना भुरा र दुई लाख फिंगर माछा बाढीले बगाएको छ । अधिकांश ठाउँमा पोखरीको डिल भत्केर माछा बगेको छ । 

महेन्द्रनगरका व्यवसायी रामशोभित मुखियाले क्षीरेश्वरनाथ महेन्द्र नगरमा सातवटा माछा नर्सरी, दुईवटा पोखरीमा रहेको माउ माछा र सखुवास्थित ३१ भन्दा बढी पोखरीमा रहेका तयारी माछा बाढीले बगाएको बताए । उनलाई रु एक करोडभन्दा बढीको नोक्सानी भएको भएको छ । सबैला नगरपालिकामा १२ बिघामा रहेको कुस्माहा पोखरीको माछा समेत बाढीले बगाएको छ । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC