site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मंसिर १५ भित्र दुवै चुनाव सक्न तीन दल सहमत
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आगामी मंसिर १५ गतेभित्र प्रदेश र संघको दुवै चुनाव सम्पन्न गर्न सहमत भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति भएको हो । “संविधान कार्यान्वयनका लागि मंसिर १५ लाई डेडलाइन मानेर चुनाव सम्पन्न गर्ने सहमति भएको छ,” बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले भने । उनका अनुुसार भोलि (बिहीबार) निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तय गरिनेछ । 

भदौ ४ भित्र संविधान संशोधन संसदमा निर्णयार्थ पेश गर्ने र चुनावको मिति पनि घोषणा गर्ने सहमति भएको उनले बताए । “निर्वाचनका लागि आवश्यक कानुन बनाउने तथा मिति घोषणा भदौ ४ भित्रै गर्ने सहमति भएको छ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

तीन दलबीच संविधान संशोधनको विषयलाई टुंगोमा पुर्याइहाल्ने सहमति भएको कांग्रेस नेता शशांक कोइरालाले बताए । संविधान संशोधनबारे एमालेको अडान भने कायमै छ । 

बैठकमा एमाले अध्यक्ष के पी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सहभागी थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC