अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो शेयरधनीहरुलाई चुक्तापुँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
“एनआईसी एशिया बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३÷७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृतिपश्चात आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ,” प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७४ १९:१४
प्रतिक्रिया दिनुहोस्