site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक अभियानमा जनसहभागिता असाधारण : अध्यक्ष ओली
Siddhartha BankSiddhartha Bank


बनियानी  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् । 

नेकपा एमाले भद्रपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए। 

Agni Group
NIC Asia

‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उनले भने “नभए पनि माघभित्र निर्वाचन गर्नैपर्छ, नत्र मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्छ ।” 

स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दैै अध्यक्ष ओलीले भने, “राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ, यो साधारण कुरा होइन ।” 

Global Ime bank

आन्दोलनका क्रममा केही समस्या र मतभेद् हुने बताउँदै उनले जनताको सचेत दबाबले मुलुक अघि बढेको उल्लेख गरे । ‘नेपाललाई अघि बढ्न नदिन धेरै अवरोध भए”, उनले भने, “नेपाली जनता त्यसलाई छिचोलेर अगाडि बढेका छन् ।” 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र देश र जनताको पक्षमा नरहेको दाबी गर्दै उनले भने, “एमाले बहुमतमा भएको भए मुलुकले अहिलेसम्म आर्थिक समृद्धि हासिल गरिसक्थ्यो ।” रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu