site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल विद्यार्थी संघको प्रतिनिधि विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको झडपमा परी काठमाडौं टुडेका फोटो पत्रकार चन्द्र आले, नागरिक दैनिकका प्रतिक रायमाझी र एभिन्युजका पत्रकार किशोर चौधरी घाइते भएका फोटो पत्रकार क्लब नेपालले जनाएको छ ।  
प्रहरीले झडपको तस्बिर र भिडियो खिचेको भन्दै आले र चौधरीको क्यामेरासमेत फुटाइदिएका छन् । साथै उनीहरुमाथि निर्घात कुटपिट पनि गरेको छ । 
“राज्यले नै चौथो अंगको दर्जा दिएको प्रेसमाथि राज्यबाटै भएको आक्रमणको फोटो पत्रकार क्लब नेपाल घोर भत्र्सना गर्दछ । फोटो÷भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरा फुटाउनु निन्दनीय अपराध हो,” विप्तीमा भनिएको छ, “कुटपिट गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग फोटो पत्रकार क्लब नेपाल जोडदार माग गर्दछ । साथै घाइते पत्रकारको उपचार र उचित क्षतिपूर्तिको मागसमेत गर्दछ ।”
यसैबीच, पत्रकार माथी कुटपीटको घटनाको नेपाल प्रेस युनियनले पनि विरोध जनाएको छ । प्रेस युनियनले विज्ञप्ती जारी गर्दै फोटो तथा भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरामा क्षती पुर्याउने घटनामा आफ्नो विरोध रहेको जनाएको छ । 
“पत्रकारमाथि कुटपिट गर्ने प्रहरीलाई आवश्यक कार्वाही गरि घाइते पत्रकारको उपचार र उचित क्षतिपूर्ति उपलव्ध गराउन युनियन सरकारसँग मागसमेत गर्दछ,” विज्ञप्तीमा भनिएको छ,“प्रहरी नेतृत्वलाई आगामी दिनमा सञ्चारमैत्री व्यवहारका लागि मातहतका निकायलाई निर्देशन दिन पनि माग गर्दछौँ ।”
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३२, २०७३  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
SubisuSubisu