site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ताकार
फाइल तस्बिर ।

गाजापट्टी । गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागिता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरो पुगेको छ ।

गाजाको दक्षिणी सीमामा इजरायली सेनाको उपस्थिति रहने पूर्वअडानमा वार्ताकारहरू अडिग रहेको एक प्रवक्ताले बताएका छन् ।

“मोसाद जासुसी निकायका प्रमुख डेभिड बार्निया र ‘सिन बेट घरेलु सुरक्षा सेवा’का प्रमुख रोनेन बार बन्धक रिहाई सम्झौता अगाडि बढाउन  इजिप्टको राजधानी पुग्नुभएको छ,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ता ओमर डोस्ट्रीले बताए ।

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न पहल गरिरहेका छन् ।  

शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले यस हप्ता मध्यपूर्वक्षेत्रको भ्रमण गरी वार्ताको पर्खाईको समय अन्तिम चरणमा पुगेको र तत्काल युद्धविराम सम्पन्न गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायली सेनाले वस्ती खाली गर्न दिएको आदेशपछि यस हप्ता देइर अल–बलाह र दक्षिणी सहर खान युनिसबाट दशौँ हजार नागरिकहरू विस्थापित भएका छन् ।

युद्धले गाजाको करिब ९० प्रतिशत जनसंख्यालाई विस्थापित गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro