site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमा महामन्त्रीलाई चुनौती : चुनावी गठबन्धन नगर्ने, ०८२ भित्र महाधिवेशन गर्ने
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीका प्रस्ताव सच्याउन दबाब बढाएको छ । महामन्त्री गगन थापाको प्रस्तावबाट चुनावी गठबन्धन नगर्ने विषय र ०८२ भित्र महाधिवेशन गरिसक्ने विषय फिर्ता लिनुपर्ने संस्थापन पक्षको आग्रह छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको 'एक्जिट पोलेसी'सम्बन्धी प्रस्ताव अस्वीकार्य भन्दै फिर्ता लिन नेताहरूको सुझाव छ । यससँगै महासमिति बैठकबाट पारित महामन्त्री थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री शर्माको समसामयिक प्रस्ताव केन्द्रीय समिति बैठकबाट अस्वीकृत हुने संकेत देखिएको छ ।

नेताहरूको तयारीअनुसार संस्थापन पक्षले उठाएका सवाल फिर्ता लिएर प्रतिवेदन अनुमोदित हुनेछन् । तर, महामन्त्रीले प्रस्तावबाट ती तीन विषय फिर्ता लिन तयार नभए विधानअनुसार गर्नेगरी सभापतिले निर्णय गर्ने र त्यही निर्णय अन्तिम हुने संस्थापन पक्षको बुझाइ छ ।

Dabur Nepal
NIC Asia

"प्रारम्भमै यो प्रस्तावमा रहेका तीनवटा कुरामा यसमा नराख्दा हुन्छ भन्ने सुझाव दिन चाहन्छु । संसदीय पद्धतिमा रहेको हाम्रो पार्टीले यसमा स्पस्ट राख्नै पर्छ," नेपाली कांग्रेसका पूर्वमहामन्त्री बिमलेन्द्र निधिले भने, "पहिलो नेपालीमा भनिएको छ व्यक्ति बहिर्गमन पद्धति हटाउनुपर्छ । ब्राकेटमा छ एक्जिट पोलेसी, त्यो कांग्रेस जस्तो पार्टीका लागि सुहाउने विषय होइन ।" उनले शर्माको समसामयिक प्रस्तावबाट त्यो विषय हटाउनुपर्ने बताए ।

सुरुमा महामन्त्री शर्माको प्रस्तावका विपक्षमा मत राखेका निधिले त्यसपछि अर्का महामन्त्री थापाको प्रस्तावका विषयमा विमति जाहेर गरे । उनले चुनावी गठबन्धनको विषय र महाधिवेशनको मिति तोक्ने विषय केन्द्रीय समितिलाई छोडिदिन आग्रह गरे । "चुनावी गठबन्धन गर्ने विषय केन्द्रीय समितिलाई  छोडिदिनुस्," निधिले भने, "०८२ भित्र महाधिवेशन गर्ने विषय महासमिति बैठकको एजेन्डा नै बनाउनु हुन्थेन । हाम्रो विधानले महाधिवेशन कहिले गर्ने भनेर स्पष्ट भनेको छ । यसमा अर्को प्रस्तावले सच्याउन सक्दैन ।"

उनले ०८२ भित्र महाधिवेशन हुन्छ भन्ने आफूलाई नलागेको भन्दै गर्ने नै हो भने १४औँ महाधिवेशनकै प्रतिनिधिमार्फत मात्र सम्भव हुने बताए । नयाँ महाधिवेशनका प्रतिनिधि चयनका लागि प्रक्रिया थालनी नभएकाले ०८२ भित्र महाधिवेशन सम्भव नहुने उनको तर्क थियो ।

निधिले वर्तमान गठबन्धनलाई ०८४ सम्म लैजान जरुरी रहेको भन्दै नेपाली कांग्रेसको रुख चिन्हमा भोट हालेर चुनाव जित्न यसबीचमा संगठन निर्माण र विचारमार्फत विश्वास आर्जनमा काम गर्नुपर्ने बताए । "नेपाली कांग्रेसकै रुख चिन्हमा भोट हालेर चुनाव जिताउन सकिन्छ, त्यसका लागि हाम्रो टार्गेट ग्रुपमा आशा पस्कन सक्नुपर्छ । हाम्रो टार्गेट ग्रुप आठ लाख क्रियाशील सदस्यहरू हुन् त्यसपछि हाम्रा सुभेच्छुक र मतदातामा हुन् उनीहरूमा आशा भर्न सक्नुपर्छ," निधिले भने ।

उनले खाली रुखमा छाप लगाउन पाउनुपर्छ भन्ने रटानले आशा भर्न नसकिने बताए । कांग्रेस पार्टी व्यक्तिको आधारमा होइन विचारका आधारमा सञ्चालित छ भन्ने विश्वास कांग्रेसका क्रियाशीलमा र जनतामा पुर्‍याउन सके विश्वास जाग्न सक्ने उनको भनाइ थियो । त्यसका लागि संविधानका उपलब्धिसहितका नौ एजेन्डा सिंगो कांग्रेसले बोक्नुपर्ने उनले बताए ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले महामन्त्रीहरूलाई बुढो बाउलाई डोकोमा बोकेर फाल्ने संस्कृत नबसाल्न सुझाव दिए । आफ्ना छोराका दौतरीहरू महामन्त्री भएको बताएका श्रेष्ठले अहिले वरिष्ठ नेता विस्थापनको नीति बनाउँदा भविष्यमा उनीहरूमाथि त्यही दशा दोहोरिने बताए ।

"विश्व बाबु तपाईंहरूले चाहनुभयो भने हामी राजनीतिमा रहन्छौँ तपाईंहरूलाई चाहना छैन भने पार्टी चलाएर देखाउनुहोला मेरो छोराको उमेरको हुनुहुन्छ महामन्त्रीहरू, मेरो छोराको दौतरी हुनुहुन्छ,"  श्रेष्ठले भने, "तपाईंहरूले अहिले बुढोबालाई डोकामा बोकेर डाँडाबाट नखसाल्नुहोस् । त्यो बेला नातिले भन्छ डोको चाहिँ राख्नुस् है बुवा भनेजस्तो तपाईंहरूलाई पनि होला ।"

नेपाली कांग्रेसमा 'युनिटी' नहुँदासम्म बलियोसँग चुनाव नजित्ने भन्दै कांग्रेसमा अरुलाई जिताउने रोग ०५१ देखि नै देखिएको बताए ।
"किशुनजीको उपचुनावमा सूर्यमा भोट हाल्न लगाएदेखि हाम्रो संस्कृति बिग्रिएको हो । यो अवस्थाको अन्त्य नगरी हामी बलियो हुँदैनौँ," श्रेष्ठले भने, "०७४ मा हामी २३ सिटमा झर्यौँ । अन्तर्घात नभएको भए ४० सिट प्रत्यक्षमा जित्थ्यौँ । गुटका नाममा मन्त्री र केन्द्रीय सदस्य दिएपछि गुट अन्य हुँदैन । योग्य मान्छेको बास्केट बनाऔँ ।"

नेपाली कांग्रेसको केन्द्रीय समितिमा जितजंग बस्नेतदेखि फर्मुल्लाह मन्सुरसम्मले महामन्त्रीको प्रस्तावको विपक्षमा मत राखेका थिए । तर, संस्थापनइतर पक्षले भने महामन्त्रीको प्रस्तावको बचाउ वा विरोध नगरी अरु विषयमा मत जाहेर गरेका थिए ।

गठबन्धनका चुनौती
संस्थापन र संस्थापन इतर पक्षले सत्ता साझेदारी एमालेसँग कम्फर्टेवल भए पनि चुनावी प्रतिस्पर्धाका लागि कार्यकर्तामा प्रतिस्पर्धी भावना जगाउन भने समस्या हुनेतर्फ नेतृत्वको ध्यानाकर्षण गरेका छन् ।

सत्ता साझेदार एमाले नै ०८४ को चुनावमा आफ्नो प्रतिस्पर्धी रहेको भन्दै गठबन्धन जोगाउने र त्यो भावनासहित कार्यकर्तामा जाने चुनौतीको व्यवस्थापनको योजना बनाउन नेताहरूको सुझाव थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu