site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बसको ठक्करबाट युवकको मृत्यु, हनुमाननगर र राजविराजमा प्रदर्शन
SkywellSkywell

राजविराज (सप्तरी) । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि सप्तरीको हनुमानगर बजार आज तनाव ग्रस्त बन्यो । बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का १७ वर्षीय ध्रुव मण्डलको मृत्यु भएको आक्रोशमा स्थानीयले हनुमाननगर बजार बन्द गराइ प्रदर्शन गरेका छन् ।  

स्थानीयले बजार क्षेत्रमा टायर बालेर चक्काजाम तथा बन्द गराएका थिए । प्रदर्शनमा पूर्वसांसद अशोककुमार मण्डल, वडाध्यक्ष, मृतकका आफन्तलगायतको सहभागिता रहेको थियो । स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि बढाएर हनुमाननगरमा विरोध जनाएका छन् ।

Dabur Nepal
NIC Asia

विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको एसके डिलक्स नामक यात्रुबाहक बसले भारदह–राजविराज सडकखण्डको जोगिनियामा पछाडिबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बसले मोटरसाइकल चालक मण्डललाई ठक्कर दिएपछि तत्कालै अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेको बताए ।

यसैबीच प्रदर्शनकारीले आन्दोलनका क्रममा एक एम्बुलेन्सबाट गर्भवतीलाई ओराली तोडफोडका साथै चालकमाथि आक्रमण गरेको भन्दै सोको विरोधमा सदरमुकाम राजविराजमा एम्बुलेन्स चालक उनीहरुको विरोधमा आन्दोलित भएका छन् ।

राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत राजविराजको जिल्ला स्वास्थ्य कार्यालयअगाडि बीच सडकमै एम्बुलेन्स तेर्स्याएर चक्काजाम गर्दै चालकहरुले प्रर्दशन गरेका थिए । एम्बुलेन्स चालक संघ सप्तरीका अध्यक्ष सुदिलाल साहका अनुसार प्रदर्शनकारीले जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एम्बुलेन्स तोडफोड गर्नुका साथै चालक महिनारायण यादवमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका चालक यादवको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu