site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुस्ताङ हिमपहिरोले थुनिएको खोला बग्न थाल्यो

काठमाडौं । हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सीखोला हिमपहिरोले थुनिएको थियो ।

मानापाथी हिमालबाट खसेको हिमपहिरोले थुनेको खोला अहिले बग्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले भने, "हिमपहिरोले थुनिएको खोला बग्न थालेको छ ।"

हिमपहिरो खोँचमा अड्किदा खोला थुनिएको थियो । हिमपहिरो र थुनिएको खोलाबाट जोगाउन किनारका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । प्रमुख जिल्ला अधिकारी पन्तले भने, "९ घरका स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । उहाँहरूको सुरक्षित बासको व्यवस्था मिलाउने काम हुँदैछ ।"

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro