site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुनजन्य विपद्का घटना : देशभर १९५ जनाको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्का घटनामा परी १९५ जनाको मृत्यु भएको छ । सो संख्या गत जेठ २८ गतेदेखि आज दिउँसोसम्मको हो ।

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २७, मधेसमा आठ, वाग्मतीमा ३६, गण्डकीमा ५६, लुम्बिनीमा ३७, कर्णालीमा १३ र सुदूरपश्चिममा १५ जनाको मृत्यु भएको केन्द्रीय प्रहर प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ११, कोसीमा ३८, मधेसमा १२, वाग्मतीमा २७, गण्डकीमा ४७, लुम्बिनीमा १९, कर्णालीमा ५९ र सुदूरपश्चिममा ३४ गरी २४७ जना घाइते भएका छन् ।

बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा २८ जना, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चिममा १०१ जना गरी आजसम्म २१० जनाको उद्दार गरिएको प्रवक्ता कार्कीले बताए ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro