देश
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएर आज साँझदेखि सडक दुईतर्फी खुलाइएको छ । प्रहरी वृत्त थानकोटकानुसार बुधबार बिहान खसेको पहिरो सोही दिन साँझ एकतर्फी खुलाइएको थियो ।
गाडीको चाप घटेपछि आज बाँकी रहेको पहिरो पन्छाइएको हो । पहिरो हटाइएसँगै आज साँझदेखि दुईतर्फी गाडी सञ्चालन भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ २२:१७
प्रतिक्रिया दिनुहोस्