site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कूटनीतिक भेटघाटबारे केन्द्रीय समितिमा आरजुको ब्रिफिङ, संसद्ले कहिले पाउला जानकारी ?
SkywellSkywell

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले पछिल्ला कूटनीतिक भेटवार्ताहरूबारे संसद्लाई भन्दा पहिला नेपाली कांग्रेस पार्टीको केन्द्रीय समितिको बैठकमा ‘ब्रिफिङ’ गरेकी छन् ।

पाँच दिने भारत भ्रमणबाट फर्केको भोलिपल्टै शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई पछिल्लो समय भएका कूटनीतिक भेटवार्ताबारे जानकारी गराएकी हुन् । 

संसदीय व्यवस्थामा सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीले विदेश भ्रमण गरी फर्केपछि त्यसबारे संसदलाई जानकारी गराउने अभ्यास हुन्छ । परराष्ट्रमन्त्री राणाले भने कूटनीतिक भेटवार्ता ‘ब्रिफिङ’ संसदलाईभन्दा अगाडि पार्टीलाई गरेकी हुन् ।

Dabur Nepal
NIC Asia

“सबैभन्दा राम्रो कुरा के भयो भने दुईवटा ठूल–ठूलो पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरूको कस्तो रेस्पोन्छ हुन्छ भन्ने थियो, रेस्पोन्स राम्रो भएको कुरा म यहाँ अवगत गराउन चाहन्छु,” आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले कांग्रेस केन्द्रीय समितिमा भनिन् । 

उनले शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमणबारे मात्र होइन केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्मा र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनसँगको भेटवार्ताबारे पनि ब्रिफिङ गरेकी थिइन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरले नेपालको विकासमा सहयोग गर्न प्रतिवद्धता जनाएको उनले बताइन् । 

आफूले भारतीय पक्षसँग नेपालको शान्ति प्रक्रिया अघि बढेको, संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति भएको, सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी)बाट अपग्रेड हुँदा भारतको सहयोग आवश्यक रहने जस्ता कुरा राखेको समेत बताइन् ।

आफूलाई जुन अगाडि बढाउन ‘ब्रिफिङ’ गरिएको थियो, ती सबै राखेर आएको दाबी उनले गरिन् । यसको ‘रेस्पोन्स’ पनि राम्रै भइरहेको उनले जनाइन् । शुक्रबार बिहान मात्र डुबान तथा बाढी व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिक (जेसीआईएफम)को बैठक बस्न भारतबाट पत्र आएको उनले बैठकलाई जानकारी दिइन् ।

“हरेक वर्ष नेपाल र भारतको एउटा संयुक्त टिमले अवलोकन गर्ने र समाधान गर्ने भन्ने रहेछ । यो वर्ष बैठक बसेको छैन भनेर साथीहरूले भन्नु भएको थियो । आज बैठक राख्ने भन्ने चिठी आएको छ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।

उनले भारतीय प्रधानमन्त्रीसँग भाग्यवश भेट भएको बताइन् । उनले भनिन्, “लक्किली प्रधानमन्त्री मोदीजीसँग पनि भेट भयो । हाम्रो प्रधानमन्त्रीले दिनुभएको निमन्त्रणा हस्तान्तरण गरें । उहाँ आउने भन्ने कुरा छ तर मिति तोकिएको छैन ।” 

कांग्रेस केन्द्रीय समिति बैठकलाई परराष्ट्रमन्त्री राणाले केही दिनअघि नेपालमा भ्रमणमा आएका अमेरिकी व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्मासँग भएको भेटवार्ता बारे पनि जानकारी गराएकी थिइन् । 

“अमेरिकाको पनि उपविदेश मन्त्री आउनु भयो । उहाँले नेपाली सेनालाई थप दुईवटा हेलिकप्टर र दुई स्काइ ट्रक उपलब्ध गराउँछौ भनेर जानु भएको छ,” उनले भनिन् ।

बीआरआईप्रति सरकारको धारणाबारे अनभिज्ञ

परारष्ट्रमन्त्री राणाले शुक्रबार विहान चीनको अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनसँग भएको भेटबारे पनि कांग्रेस केन्द्रीय समिति बैठकलाई जानकारी गराइन् । 

वेइकुनलाई बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट राखेको उनले बताइन् ।  तर नेपाल सरकारको धारणाबारे भने उनले केही बताइनन् । सरकारको धारणा पछि छलफल गरेर बताउने आश्वासन उनले वेइकुनलाई दिएको जनाइन् ।

“उहाँहरूले बीआरआईको मोडालिटीको विषयमा पनि कुरा गर्न खोज्नु भएको रहेछ । मैले हाम्रो पार्टीको यस्तो यस्तो छ, हामीले पास गरेर दिइसक्या छौं भने । बीआरआई मोडालिटी के हुनसक्छ भन्ने बारे पछि हामी छलफल गर्छौं भनेर भनेका छौं,” परराष्ट्रमन्त्री राणाले भनिन् । 

बेइकुनले अनुदानका आधारमा चार वटा प्रोजेक्ट नेपालमा अघि बढाउने गरी हस्ताक्षर भएको जानकारी आफूलाई दिएको उनले बताइन् । अर्थ मन्त्रालय र चीन सरकारबीच बिहीबार भएको सहमतिबारे उनले शुक्रबार बिहान थाहा पाएकी थिइन् ।

अर्थ मन्त्रालय चिनियाँ पक्षबीच बिहीबार काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu