घटना क्रम
काठमाडौं । विश्वभरका कयौँ फिल्म फेस्टिभलमा पुरस्कार जितिसकेको अलंकृता श्रीवास्तवको चलचित्र ‘लिपिस्टिक अन्डर माई बुर्का’को कमाई दिनानुदिन खस्कँदै गइरहेको छ ।
चलचित्र आफ्नो कथाका कारण चर्चामा त छ तर सोमबार चलचित्रले गरेको कमाइ हेर्ने हो भने आइतबारको तुलनामा आधा खस्केको छ । चलचित्रले चौँथो दिनमा १ करोड २८ लाख कमाइ गरेको छ भने मंगलबार १ करोड ३६ लाख कमाइ गरेको छ । घरेलु बक्स अफिसमा चलचित्रको कमाइ ८ करोड ४४ लाख पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४ ०७:२३
प्रतिक्रिया दिनुहोस्