site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपत्यकाभित्र खानेपानी पाइप बिच्छ्याउन र सडक पुनःस्थापना गर्न सम्झौता 

काठमाडौं । मेलम्चीबाट प्राप्त हुने पानी काठमाडौ उपत्यकाको विभिन्न क्षेत्रमा वितरण गर्न आवश्यक वितरण सञ्जाल स्थापनाका लागि आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) र निर्माण व्यवसायीबीच मंगलबार सम्झौता भएको छ । 

निर्देशनालयले यसअघि विस्तार गरेको ६७० किलोमिटर लामो वितरण सञ्जालले समेट्न नसकेका उपत्यकाको चक्रपथ भित्रका विभिन्न भागमा नयाँ वितरण प्रणाली स्थापना गर्ने उद्देश्यले यो सम्झौता भएको हो । वितरण सञ्जाल सुधार प्याकेज ४ अन्तर्गत निर्देशनालयले पाटन मंगलबजार, सानेपा, खुुसीबु नयाँबजार, कलंकी तथा टेकुमा नयाँ वितरण प्रणाली स्थापना गर्न लागेको हो । 
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग अन्तर्गत निर्माण गरिने नयाँ वितरण सञ्जालको लम्बाई २२९ किलोमिटर हुनेछ । वितरण सञ्जालको कार्य तत्कालै सुरु गरी आगामी ३० महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएका पीआईडीका प्रवत्ता लीलाप्रसाद ढकालले जानकारी दिए । 
उनकाअनुसार २ अर्ब ६२ करोड ४९ लाख रुपैयाँ लागतमा निर्माण हुने वितरण सञ्जाल विस्तारको जिम्मेवारी चीनको गोन्झाओ इन्टरनेशनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेशन (जीआइइटीसी) तथा नेपाली साझेदार शर्मा एण्ड कम्पनी र रमण कन्स्ट्रक्सन सम्मिलित संयुक्त उपक्रमले प्राप्त गरेका छन् । 
सम्झौतापत्रमा मंगलबार पीआईडीका निर्देशक तिरेशप्रसाद खत्री र जेभीका आधिकारीक प्रतिनिधि रमन कन्स्ट्रक्सनका निर्देशक पवन महतो सहित जेभीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।  
सम्झौता अनुसार २२९ किलोमिटर पाइपलाइन विस्तारको कार्यसँगै निर्माण पक्षले ती क्षेत्रका ३२ हजार घरधुरीमा नयाँ प्रणालीमा आधारित धाराहरुको जडान गर्नुपर्नेछ । त्यसैगरी खनिएका सडकहरु सम्झौतामा उल्लेखित सर्तहरुको अधीनमा रही पुनस्र्थापनाको कार्य पनि गर्नुपर्नेछ । 


 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  ०५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro