site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षाले विहारको जनजीवन अस्तव्यस्त

काठमाडौं । भारतको विहारमा अत्यधिक वर्षा र बाढीले गर्दा जनजीवन अस्तव्यस्त भएको छ । यसलाई लिएर केही भारतीय सञ्चार माध्यमले नेपालको वीरपुर कोसी ब्यारेजबाट एक लाख असी हजार क्युसेक पानी छोड्नाले कटिहारमा बाढीको सम्भावना बढेको भन्दै समाचार प्रकाशित गरेका छन् ।

विहारमा लगातार दुई दिनदेखि निकै ठूलो वर्षा भैरहेको छ । त्यहाँ नदी नजिकका बस्तीहरूमा आतंकको वातावरण रहेको समाचारमा जनाइएको छ । चट्याङ र बाढीका कारण विहारमा छत्तीस जनाको ज्यान गएको छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले वर्षाका कारण गंगा, महानन्दा, बूढी कन्काई, मेची, चेगा र कोसी नदी उर्लिएका छन् । समाचारअनुसार भारतको मुजफ्फरपुरमा सात वर्षपछि सोमबार सबैभन्दा धेरै १३० मिमिभन्दा पनि बढी वर्षा भएको छ । विहारको विपद् प्रबन्धन समितिले भारी वर्षाका कारण पटनाका सबै स्कुलहरूमा मंगलबार आठ कक्षासम्मका लागि छुट्टी गर्न आदेश दिएको छ ।

वर्षाले गर्दा पटना आउन लागेका ५ वटा विमानहरूलाई फर्काएर कलकत्ता र लखनऊ विमानस्थलमा अवतरण गराइएको थियो । रेलको गतिसमेत वर्षाका कारण मन्द रहेको र रेल यातायात प्रभावित बनेको समाचारमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २७, २०७४  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro