काठमाडौँ । सिपाही राधिका थापा पहिलो प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सक्ने पहिलो महिला सैनिक भएकी छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो ।
तीन महिना चल्ने अत्यन्तै कठिन तालिम मानिने जंगल युद्धकला तालिम प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयबाट दिइन्छ । कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने, जंगलमा बाँच्ने कौशल तथा सर्पदंश व्यवस्थापनलगायत विभिन्न सैनिक ज्ञान-सीपहरु सिकाइन्छ । प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा ०७० सालदेखि नै काम गर्दै आएकी थापा पहिलोपटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गरेकी हुन् ।
सिन्धुपाल्चोकमा जन्मिएकी थापा ०६९ मा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् ।