site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१ अर्ब ४० करोड बक्यौता रकम ८ करोडमा ओर्लियो (भिडियोसहित)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । उखु उद्योग किसानलाई तिर्न बाँकी बक्यौता ८ करोड एक लाख रुपैयाँमा झरेको छ । गत वर्षको पुससम्म १ अर्ब ४० करोड रुपैयाँ रहेको बक्यौता रकम माघको पहिलो सातामा ८ करोड १ लाखमा पुगेको हो ।

सरकारले किसानलाई दुईपल्ट बक्यौता रकम दिलाइदिने प्रतिबद्धता गरेको थियो । गत पुसमा किसानको आन्दोलनताका ६५ अर्बमा आइपुगेको बक्यौता रकममध्ये २१ दिनमा ५७ रुपैयाँ उपलब्ध गराइएको हो ।

Agni Group
NIC Asia

सरकारका अनुसार श्रीराम सुगर मिल्सको ३५ करोड रुपैयाँ बक्यौतामध्ये २१ दिनमा सबै भुक्तानी गरेको छ । यस्तै अन्नपूर्णले १७ करोडमध्ये १० लाख ८८ हजार भुक्तानी गरेको छ भने एक करोड ७६ लाख खातामा जम्मा गरेको छ ।

इन्दिरा सुगर मिल्सले चार करोड २० लाखमध्ये एक करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । लुम्बिनी चिनी उद्योगले आठ करोड ४१ लाखमध्ये पाँच करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसको तीन करोड रुपैयाँ रोक्का छ ।

Global Ime bank

महालक्ष्मी सुगर मिलले २० लाखमध्ये एक रुपैयाँ पनि भुक्तानी गरेको छैन । सबैभन्दा बढी बक्यौता कायम हुने अन्नपूर्ण र इन्दिरा हुन् । दुवै मिलका सञ्चालक एउटै व्यक्ति हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसान र उद्योगीको तथ्यांक फरकफरक रहेको पनि जनाएको छ । साथै बक्यौता उठाउन सम्पत्तिमा हस्तक्षेप पनि गर्ने नीति लिइने र किसानलाई बालीको मूल्य दिलाइ छाड्ने मन्त्रालयको प्रतिबद्धता छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu