site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपुरो विवरण र विवरण मेल नहुँदा कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाइ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले कोरोना बिमितहरुको विवरण पूर्ण नहुँदा भेरिफाइमा समस्या भएको बताएका छ । जसले गर्दा कोरोना बिमाको दाबी भुक्तानी पनि प्रभावित भएको छ ।

कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाइ भएको भन्दै आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले नै सोमबार एक विज्ञप्त जारी गर्दैै बिमितको विवरण नमिल्दा भेरिफाइमा ढिलाइ भइरहेको जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“बिमा समितिबाट प्राप्त विवरणहरु मन्त्रालयको अभिलेखीकरणमा रहेको विवरणसँग भेरिफिकेसन गर्ने कार्य भइरहेको छ । हाललसम्म मन्त्रालयले ९ हजार ३९२ जनाको विवरण भेरिफाइ गरिसकेको छ,” मन्त्रालयले भनेको छ, “तर, कोरोना बिमाको लागि दाबी परेका कतिपय विवरणसँग भेरिफिकेसन गर्दा कतिपयको नाम, थर, उमेर, ठेगाना, पीसीआर रिपोर्ट, मितिजस्ता न्यूनतम विवरण नै अपूर्ण भएको कतिपयका विवरण रुजु गर्दा मन्त्रालयसँग भएको तथ्यांकसँग नमिलेको अवस्था छ ।”

यही समस्याले गर्दा कोरोना बिमाको भेरिफाई गर्दा ढिलाइ भएको भन्दै मन्त्रालयले बिमितको भेरिफिकेसनको अवस्थाको जानकारी सम्बन्धित बिमा कम्पनीबाट लिनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

Royal Enfield Island Ad

नेपाल बिमक संघको तथ्यांकअनुसार हालसम्म आवश्यक कागजात पूरा भएको ४८ हजार ६०७ वटा कोरोना बिमा दाबी परेको छ । जसमध्ये  २४ हजार ३८५ बिमितलाई २ अर्ब ३७ करोड ३६ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ ।

यस्तै, ३ हजार २३६ दाबी भुक्तानी प्रक्रियामा रहेको बिमक संघका महासचिव चंकी क्षेत्री बताउँछन् । ८ हजार २०४ वटा दाबी मुल्तबीमा रहेको र १ हजार ०७२ वटा दाबी फेरिफाइको लागि पठाउने तयारीमा रहेको बिमक संघले जनाएको छ ।

यस्तै, २ हजार ६६२ वटा दाबी पुनः बिमा कम्पनीमा नै पठाएको, १७९ वटा दाबीको भुक्तानी नहुने र ८ हजार ८६९ वटा दाबी भेरिफाइको क्रममा रहेको नेपाल बिमक संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro