site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडकमा आधुनिक बत्ती जडान गर्दै काठमाडौं महानगर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब ६० किलोमिटर सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ ।

उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत् आधुनिक बत्ती जडान गर्न लागिएको हो । महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक बत्ती जडान गर्ने योजना अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘‘काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले प्रक्रिया अघि बढाएको छ,’’ उनले भने, ‘महानगरलाई रातमा पनि उज्यालो र झिलिमिली बनाएर उज्यालो संघीय राजधानीको चिनारी दिन यस्तो प्रक्रिया अवलम्बन गरिएको हो ।’

Agni Group
NIC Asia

करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाएको उनले बताए ।

महानगरपालिकाभित्रका मुख्य–मुख्य सडकहरुमा गरिने आधुनिक सडक बत्ती जडानमा काठमाडौं महानगरको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।

Global Ime bank

सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाका अनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगन्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ । पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि हायात होटलसम्मको सडकखन्ड पनि पहिलो चरणमा समेटिएको छ । यस चरणमा करिब ६० किलोमिटर सडकखन्डमा करिब १७ सय ५० ओटा बत्ती जडान गर्ने तयारी भएको छ ।

उनले भने, ‘‘नयाँ बानेश्वर, माइतीघरलगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने योजना छ । ती स्थानमा अहिले भइरहेका सोलार प्यानलको पुनः प्रयोगका लागि स्थान पहिचान गरिरहेका छौँ ।’’

बत्ती जडानका लागि लागतअनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्नेलगायतका काम प्राधिकरणले गर्नेछ ।


नयाँ पोल थप्नका लागि स्थानको स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण गर्ने काम सडक विभागले गर्ने जनाइएको छ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu