site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाले चलचित्रमा कति क्षति भयो ?

पोखरा । पोखरा साहित्य महोत्सवको दोस्रो दिननिर्देशक मीन भाम, अभिनेत्री प्रियंका कार्कीसँग र निर्देशक तथा सिनेमा व्यवसायी भाष्कर ढुंगानासँगको अन्तरक्रियामा कोरोनाकालमा आर्थिक हिसाबले सिनेमा उद्योगलाई कति घाटा लाग्यो होला ?’ प्रस्तोता पत्रकार तथा समीक्षक यज्ञशले अन्तक्र्रियाको सुरुआत यही प्रश्नबाट गरे । जवाफमा भाष्करले भने, “हामी प्रायः हाम्रो देशको राष्ट्रिय चरित्रबारे छलफल गर्दा रहेछौं । विज्ञान वा विश्लेषणमा चल्दैनौं । त्यसैले हामीसँग तपाईंले सोधेको प्रश्नको जवाफ दिने डाटा नै छैन ।” यही राष्ट्रिय चरित्रका कारण सिनेमा क्षेत्रको आर्थिका घाटाको डाटा पनि उपलब्ध हुन गाह्रो भएको उनले बताए । “हामी एकदमसँग अन्दाजमा चल्ने समाज हो,”उनले भने । 

झन्डै नौ महिना छायांकन र हल सञ्चालनलगायत प्रायः काम ठप्प भएको आधारमा भाष्करले नेपाली सिनेमा उद्योगको ९५ प्रतिशत काम बन्द भएको बताए । यति हुँदाहुँदै पनि सरकारले यसलाई अतिप्रभावित क्षेत्रको सूचीमा नराखेको गुनासो पनि उनले गरे । 

सिनेमा क्षेत्रका प्राविधिकदेखि व्यवसायीसम्म असर पारेको कुरामा निर्देशक मीन पनि सहमत भए । तर उनले यो समयमा सर्जकहरूले आफ्नो काममा परिस्कार ल्याउन मद्दत गरेको पनि बताए । उनले आफ्नै उदाहरण दिँदै भने, “यो समयमा माथिल्लो डोल्पा, उपल्लो मनाङका पहिला घुम्दा छुटाएका ठाउँहरूमा घुम्न गएँ । आफ्नै फिल्मको पटकथा पुनर्लेखन गर्ने अवसर पनि पाएँ ।” कालो पोथीबाट चर्चा कमाएका निर्देशक मीन भाम आफ्नो आगामी सिनेमा चिसो वर्ष (अ इयर अफ कोल्ड) को तयारीमा छन् । चिसो वर्षको पटकथाले ७५ हजार युरो (करिब १ करोड ३ लाख रुपैयाँ) बराबरको पुरस्कार जितिसकेको छ । उक्त पुरस्कार टर्कीको ‘ट्वेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ले प्रदान गरेको हो ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

अन्तर्राष्ट्रिय बजारमा आफ्नो सिनेमा पुर्याउन सफल मीनले कोरोनाकालमै नयाँ सिनेमाका लागि थप स्पोन्सर र आर्थिक वृत्ति खोज्न समय दिएको बताए । महोत्सवको यो सत्रमा प्रियंकाको मीनले जस्तै अप्ठ्यारो परिस्थितिलाई सिर्जनात्मक अवसरका रुपमा उपयोग गर्ने प्रयास गरेको बताइन् । उनले भनिन्, “कोरोनापछि दुइटा स्क्रिप्ट लेखेँ । ४५ मिनेटको फिल्म छायांकन गरेँ । डिजिटल प्लाटफर्म पनि एक्सप्लोर गरेँ ।”

लकडाउन अवधिमै प्रियंकाले आफ्नै घरको भान्सामा खानाका परिकार बनाएर युट्युब च्यानलमा अपलोड गरिन् । भनिन्, “निष्क्रिय बसिनँ । आफूलाई सक्रिय र सकारात्मक राख्न जेजति गर्न सकिन्छ, गरेँ । सम्भव पनि रहेछ ।” कोरोनाकालपछि निजी जीवनमा आएका चुनौती र परिवर्तनबाहेक उनले समग्र सिनेमा क्षेत्रको समस्याबारे पनि आफ्ना धारणा साटिन् । भनिन्, “हामीले अभिनय गरेका सिनेमा हललाई लक्षित गरी फिल्म बनाइएको हुन्छ । हल बन्द हुँदा यसले धेरैलाई आर्थिक रुपमा प्रभावित गरेको छ ।”

संसारका अरु देशको सिनेमा उद्योगमा सुधार देखिन थाले पनि हाम्रो अवस्था अझै अड्किइरहनुपरेको चिन्ता पनि उनको थियो । कोरोनाकालपछि सिनेमा उद्योगको संकट डरलाग्दो भए पनि व्यवसायी भाष्करले पनि केही सकारात्मक कुराहरू महसुस गरेका रहेछन् । “फिल्म जगतमा जोडिएका व्यवसायीदेखि प्राविधिकलाई यो संकटले हामी कति धेरै एकअर्कामा अन्तर्निभर रहेछौं भन्ने बुझायो । नेपाली फिल्म उद्योग डुब्यो भने आफू पनि डुब्ने कुरा धेरैलाई थाहा दियो,” उनले भने । 

तर यो बुझाइ मात्रै पर्याप्त नहुने भन्दै उनले यो सिकाइबाट हामी सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिए । यतिबेला धेरैले कोरोनाले सिनेमा क्षेत्रको क्षतिबारे जोड दिइरहेका छन् । तर समीक्षक यज्ञशले छलफलका क्रममा कोरोना नआएको भए नेपाली सिनेमा क्षेत्रले फड्को नै मारिसकेको हुन्थ्यो त भन्ने प्रश्न उठाए ।

उनको यो प्रश्न कलात्मक सिनेमामा जोड दिने मीन भामतर्फ लक्षित थियो । “हिजो कोभिड नआउँदा नै ९५ प्रतिशत सिनेमा बजारमा फ्लप थिए । सिनेमाको बजार र कलात्मक सौन्दर्यका हिसाबले एकदमै फेलियर स्टेजमा थियौं हामी,” जवाफमा मीनले भने ।  

आर्थिक हिसाबले मात्रै नभई ‘एस्थेटिक लस’लाई पनि ध्यान दिनुपर्नेमा मीनले जोड दिए । उनले यो सिनेमाको क्राफ्ट, कथावाचन शैली, अभिनय र बजार बिस्तार सबै पक्षबारे गम्भीर भएर सोच्ने यो उपयुक्त समय भएको बताए । मीनको कुरामा भाष्करले भने थोरै असहमति जनाउँदै सिनेमा उद्योग चल्न व्यवसायिक र कलात्मक सबै खालका सिनेमा चाहिने तर्क गरे । यसका लागि सिनेमा उद्योग फस्टाउनु पर्नेमा भने भाष्कर र मीनको मत एउटै थियो ।

सम्भावना र अवसर
पछिल्लो समय सिनेमाको डिजिटल प्रदर्शन र दर्शक बढिरहेका छन् । यसले सिनेमा हेर्ने दर्शकको रुचि र स्वादमा पनि तीव्र हेरफेर ल्याइरहेको छ । हलमा फिल्म प्रदर्शन नसकिएका बेला केही नेपाली सिनेमा ओटिटी (ओभर द टप) माध्यमबाट प्रदर्शन गर्ने प्रयास पनि भए । 

तर यसले डिजिटल माध्ययमा नेपाली सिनेमाका दर्शक बढाउन र बजार बिस्तारमा कस्तो योगदान देला ? मीनले भने, “हालसम्मको अभ्यास हेर्दा ओटिटीले दर्शक र पहुँच त बढाउला तर रेभिन्यू जेनेरेट भएको छैन । थोरै टेवा देला तर यसले सिनेमाको लगानी धान्न सक्दैन ।” यज्ञशले व्यवसायी भाष्करलाई भने डिजिटल माध्यमबाट सिनेमा हेर्ने बानी बढिरहेकोले सिनेमा हलमा गएर हेर्ने दर्शक पनि घट्ने हो कि भन्ने प्रश्न तेस्र्याए ।

“हलमा मान्छे आउँदैनन् भनिए पनि संसारमा विश्वयुद्ध, गृहयुद्ध, स्पेनिस फ्लु, प्रविधिको विकास, टेलिभिजनको आविष्कारले पनि हलमा दर्शक आउन रोक्न सकेनन्,” भाष्करले भने, “हल साथीभाइ, परिवारको ह्युमन सेन्टिमेन्ट जोड्ने ठाउँ हो । त्यसैले कोरोना आउँदैमा सिनेमा हलमा दर्शक आउन रोकिँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro