site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्ड-माधव पक्षलाई ओली नेकपाको आग्रह-  आन्दोलनको औचित्य छैन, फिर्ता लिनुस्

काठमाडौं । नेकपा केपी ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । बालुवाटारमा ओलीसमूहको केन्द्रीय कमिटी बैठकपछि उनले भने, “जनमतमा जान छाडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु जनताबाट तर्सिनु हो । उहाँहरुको निर्णयको औचित्य छैन, फिर्ता लिनुस् ।” 

आजै कार्की ब्यांक्‍वेट बबरमहलमा बसेको प्रचण्ड-माधव पक्षको नेकपाको बैठकले आन्दोलनको घोषणा गरेको थियो । उनले शान्तिपू्र्ण आन्दोलन संविधानले दिएको अधिकार भएको भन्दै जनतालाई दु:ख नदिने गरी प्रयोग गर्न पाइने पनि बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संसद् विघटन स्वाभाविक कदम
त्यस्तै, उनले प्रतिनिधिसभा विघटन स्वाभाविक र संवैधानिक कदम भएको बताए । संसद् विघटन गर्दासम्म प्रधानमन्त्री ओलीमाथि संसदीय दलको विश्वास कायम रहेको उनको भनाइ थियो ।

“वर्तमान संसद्‌मा प्रधानमन्त्री ओलीले नेतृत्व गर्नुभएको नेकपा ६४ प्रतिशत मतसहित उपस्थित छ । त्यो पार्टीले सर्वसम्मत उहाँलाई दलको नेता चयन गरेको हो । जुन दिन उहाँले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभयो, दलको विश्वास कायम छ,” प्रवक्ता ज्ञवालीले भने, “पार्टी विभाजन भएको छ । ३६ प्रतिशतले सरकार बनाउन सक्ने अवस्था थिएन । त्यस्तो अवस्थामा बहुमत प्राप्त दलको नेताको हैसियतले मैले काम गर्न पाइनँ । त्यसकारण ताजा जनादेशमा जान्छु भन्नु स्वाभाविक, संवैधानिक कदम हो । हामीले त्यस रुपमा लिएका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro